कुमबिर बिश्वकर्मा, निसीखोला, २०७५ फागुन १। जिल्लाको पश्चिम् क्षेत्र निसीखोला गाउँपालिका वडा नम्बर (६,भल्कोट द्वारा जातीय छुवाछूत र सबै जातीको भोजभतेरमा एउटै भान्सा बनाउने सान्दर्भिक बिषयमा अन्तरक्रिया तथा सुदृढीकरण ,प्रशिक्षण सम्पन्न भएको छ। अभियानमा भल्कोट, चेलबाङ, भुरबाङ, लगायतका ठाउहरुमा बुधवार निसीखोला गाउपालिका वडा नम्बर (६ का वडा अध्यक्ष नैनसिंह घटानको अध्यक्षता निसीखोला गाउँपालिका स्तरीय दलित सन्जालका सचीव सन्तोष बिश्वकर्माको विशेष उपस्थितमा अभियान सम्पन्न भएको हो ।
अभियानमा स्थानीय बासी,बुद्धिजीवी,समाजसेवी ,जनप्रतिनिधि लगायतको उपस्थितिमा दलित जातीमा हुने कटुवाल९पियन ०प्रथा अन्त्य गर्ने ,सबै जातजातिको भोज भतेरमा एउटै भान्सा गराउने,जातिय छुवाछूत अन्त्य गर्ने,दलित जाती भित्र रहेको आरन ब्यबसाय सुदृढीकरण गरि आधुनिक ब्यबसायमा परिवर्तन गर्ने , सरसफाइ सम्बन्धि आज अन्तक्रिर्या एबम् प्रशिक्षण कार्यक्रम भएको थियो।
प्रशिक्षण कार्यक्रममा सचीव सन्तोष बिश्वकर्माले बोल्दैूदलित जातीलाई कुनैमा सार्बजनिक ठाउँमा छुवाछूत भएमा तुरुन्त नजिकैको प्रहरी कार्यालय ,वडा कार्यालयमा गएर उजुरी गर्न आग्रह गरेका थिए । यो अभियान निरन्तर जारी रहने संजालका अध्यक्ष नैनसिंह घटानले बताए ।दलित सन्जाल भल्कोट द्वारा गाउँ गाउँमा छुवाछूत विरुद्धको अन्तक्रिर्या कार्यक्रम सम्पन्न गरिएको छ ।