Sorry, that menu does not exist.
 

फलेवास नगरपालिकाको हात्तिपाइले रोग निबारण सम्बन्धि तर्जुमा गोष्ठी सम्पन्न !

शीला पाण्डे, पर्वत २०७५ फागुन २ । फलेवास नगरपालिका पर्वतमा हात्ती पाइले रोग निवारण सम्बन्धी गोष्ठी सम्पन्न भएको छ । फलेवास नगरपालिकामा रहेका ११ वटै वडाका स्वास्थ चौकी प्रमुख तथा प्रतिनिधिको सहभागीतामा उक्त कार्यक्रम सम्पन भएको हो।

कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणि शर्माले यस हात्ती पाइले कार्यक्रम राम्रोसंग सन्चालन गरि यो रोगबाट नगरपालिकामा रहेका ११ वडा नै स्वस्थ्य बनुन भन्ने उद्देश्य लिएको बताए ।

उक्त कार्यक्रममा नगर क्षेत्र भित्र रहेका सम्पुर्ण आम जनतालाई औषधि सेवनबाट बन्चित नगराउने हेतुका साथ कार्यक्रम कसरी सन्चान गर्दा प्रभावकारी तबरबाट सन्चालन गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको र सबै काम लाइ सहज ढंगबाट बाँडफाँड गरि सम्पुर्ण नगर भित्र रहेका जनतालाई सहज औषधि सेवनका लागि स्वास्थकर्मी नै परिचालन गरिने कार्यक्रम संयोजक बिजय क्षत्रीले जानाकारी दिए ।
अघिल्ला बर्षहरुमा स्वयंसेवक परिचालन गर्ने गरे पनि यो बर्ष भने स्वास्थकर्मी नै परिचालन हुने पर्ने नियम रहेको क्षत्रीले बताए ।

उक्त कार्यक्रममा नगर उपप्रमुख मन्जु अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मोतीराम सापकोटा, स्वास्थ शाखामा रहेका लालबहादुर थापा , तथा नगरकार्यपालिकाका अन्य शाखाका प्रमुखहरुको उपस्थिीत रहेको थियो । कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक बिजय क्षेत्रीले गरेका थिए । ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply