खगेन्द्र विश्वकर्मा, बागलुङ २०७५ फागुन ४ । जापानमा मृत्यु भएका बागलुङ गल्कोटका एक युवालाई ताराखोला समाज जापानले आर्थिक सहयोग गरेको छ । गल्कोट नगरपालिका बोहोराफाँट घर भै रोजागारीको लागि जापान पुगेका सबिन क्षेत्री उपचारको क्रममा जापानमै २०७५ माघ २५ गते मृत्यु भएको थियो । मृतकका श्रीमती र १ छोरी नेपालमै छन् ।
मृतक सविन क्षेत्री
उनको परिवारलाई आर्थिक राहत होस भनी २०७५ फागुन ४ गते ताराखोला समाज जापानका सचिव बिष्णु केसीले संस्थाको तर्फबाट जापानी रुपैया ३० हजार यन मृतकका दाजु टेकबहादुर बोहरालाई हस्तान्तरण गरेका छन् । उक्त रकम ताराखोला समाज जापानले मासिक लेवी शुल्कबाट संकलित रकम हो ।
ताराखोला समाज जापानले स्थापना पछि पहिलो राहात रकम हस्तान्तरण गरेको हौ ताराखोला समाज जापानका अध्यक्ष केदार थापाले बताए । २०७५ माघ २५ जापानमा ईफ्लुएन्जाका कारण २० बर्षिय क्षेत्रीको निधन भएको साईतामा रेडक्रस अस्पतालले मृत्यु घोषणा गरेको परिवारिक स्रोतले बतायो । मृतकको दाह संस्कार जापानकै साईतामा सिमामा गरेको हुन् । उनी बाबा आमाको साथ बस्दै आएका थिए । यसरी वैदेशिक रोजगारले स्वदेशमा रेमिटेन्स भित्राएता पनि नेपालमा पारिवार दुख तथा अपृय घटनाहरुले वैदेशिक रोजगार जोखिम बन्दै गएको छ । स्वदेशमै रोजगार हुने वातावरण निर्माणमा सम्बन्धि सरोकारवालाको ध्यान पुर्याउन आवश्य छ ।