Sorry, that menu does not exist.
 

मोटरबाटो उद्घाटन गर्न बाहुनगाउँ पुगेका नगरप्रमुख नेपालीको यस्तो भयो स्वागत !
ढोरपाटनलाई नेपालकै नमुना नगरपालिका बनाउन सबैको साथ र सहयोग आवश्यक – नेपाली

योगेन्द्र विश्वकर्मा, बुर्तिबाङ, २०७५ फागुन ५ । ढोरपाटन नगरपालिकाको वडा नम्बर ६ बाहुनगाउँ छाप डाँडादेखी हाँडीखानी डल्लासम्म जोड्ने मोटरबाटोको नगरप्रमुख देवकुमार नेपालीले शनिबार एक कार्यक्रका बीच उद्घाटन गरेका छन् ।

उद्घाटन पश्चात बोल्दै नगर प्रमूख नेपालीले विकास निर्माणका कार्यका लागि सबै एकजुट हुनुपर्ने र सबै एकतावद्ध भएर लागेमा सहज रुपमा विकास गर्न सकिने बताए । नगरप्रमुख नेपालीले सो मोटरबाटोको स्तरोन्नतीका लागि प्रदेश सरकार सम्म पहल गरिने प्रतिवद्धता जनाए । सो अवसरमा उनले नगरपालिकाका सडक नपुगेका गाउँमा सडक पुर्याउने लक्ष्य रहेको बताए । नेपालीले ढोरपाटन नगरपालिकालाई नेपालकै नमूना नगरपालिका बनाउने योजना रहेको र त्यसका लागि सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए ।

नगरपालिकाको सुब्जा गाउँ घैयाखानी लगाएतका सुन्दर बस्तीलाई समेटेर होमस्टे सञ्चालन गर्ने नगरपालिकाको योजना रहेको नगरप्रमुख नेपालीको भनाई थियो ।

कार्यक्रममा नगरपालिका उपप्रमूख करमती पुन, वडा नम्बर ६ का वडाध्यक्ष जीवन पुन नगर प्रमूखका स्वकिय सचिव केशर छन्त्याल समाजसेवी दल बहादुर घर्ती लगाएतले मन्तव्य राखेका थिए ।

मोटरबाटो उद्घाटनका लागी बाहुनगाउँ पुग्दा नगरप्रमुख नेपाली र उपप्रमुख पुनको भव्य स्वागत गरिएको थियो ।

नगरपालिकाबाट आर्थिक वर्ष २०७५/०७६ मा विनियोजित रकम रु ५ लाख र रु १० लाख ९० हजार रुपैया ऋण गरी कुल १५ लाख ७० हजार रुपैयामा निर्माण सम्पन्न गरिएको मोटरबाटो उपभोक्ता समिति अध्यक्ष रन बहादुर विकले बताए ।

मोटरबाटो निर्माण सँगै बाहुनगाउँ छाप डाँडादेखी हाडीखानी डल्लासम्मका करिब ३ सय घरधुरी लाभान्वित भएका छन् । अपुग बजेटले नै मोटरबाटो निर्माण सम्पन्न गरिएको र उक्त ऋण चुक्ता गर्नका लागि नगरपालिकालाइ थप बजेट विनियोजन गरिदिनका लागि अनुरोध गरिने अध्यक्ष विकले ईबागलुङलाई बताए ।

कार्यक्रम मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष रन बहादुर विकको अध्यक्षता सदस्य तम बहादुर छन्त्यालको स्वागत मन्तव्य र शिक्षक देवेन्द्र छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply