Sorry, that menu does not exist.
 

हटिया काण्ड : भुँडी फुट्ने गरी कुटाई खाँदा पनि सनसनी, उपचार खर्च लिएर जाहेरी फिर्ता लिँदा पनि सनसनी …!

बागलुङ २०७५ फागुन ७ । गल्कोट नगरपालिका-३ हटियामा गत पुस २९ गते आईतबार राति ९ बजेको समयमा हटिया जीपपार्क नजिकै रहेको प्रहरी बिटमा रहेका ३५ वर्षीय प्रहरी जवान प्रेमसिंह विष्ट र ३० वर्षीय प्रहरी जवान बुद्ध थापाले गल्कोट नगरपालिका-६ हरिचौरका ४० बर्षिय सोमबहादुर बस्नेतलाई सामान्य बिबादमा मरणासन्न हुनेगरी कुटपिट गरेको घटनाले सिंगै गल्कोट तात्यो, सनसनी मच्चियो ।

पीडित बस्नेतलाई यहाँ गल्कोट र बागलुङ उपचार संभव नभएपछी थप उपचारका लागी फेवा सिटी अस्पताल, पोखरा पठाईयो । बस्नेतको पेटमा मात्रै ५२ वटा टाँका लगाईयो ।

गल्कोटमा दोषी प्रहरीहरु माथी कानूनी कार्बाहीको माग गर्दै नाराबाजी भयो, दबाब समुह बन्यो, ६ हजार गल्कोटबासीको हस्ताक्षर सहित गृहमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी मार्फत पीडकहरुलाई कानूनी कार्वाही र पीडितलाई क्षतिपुर्तिको माग गर्दै ज्ञापन पत्र पठाईयो । प्रहरी ज्यादतीको रुपमा यस घटनाले चौतर्फी चर्चा पायो ।

गल्कोट नगरपालिकाले निर्घात पिटाई खाएका बस्नेतलाई रु २५ हजार सहयोग रकम उपलव्ध गराउदै दोषीलाई कार्बाहीको माग ग-यो । जिल्ला प्रहरी कार्यालय बागलुङले पीडक प्रहरीहरुलाई निलम्वन गरेको र उनिहरुबाट पीडित बस्नेतकाे उपचारका लागी रु ४ लाख उपलव्ध गराएको जानकारी दियो ।


स्थानीय सामजिक अभियन्ताहरु सहित पीडित बस्नेतकी श्रीमती कृष्ण कुमारी बस्नेतले बागलुङ सदरमुकाम आएर श्रीमानलाई मरणासन्न हुने गरी कुटपिट गर्ने दोषीहरुमाथी ज्यान मार्ने उद्योग गरेको व्यहोराको जिल्ला प्रहरी कार्यालय बागलुङमा जाहेरी दिईन । जघन्य अपराधमा संलग्नहरुमाथी कानूनी कार्बाही हुने भयो भन्ने सबैमा आशा पलायो । तर अहिले पीडित पक्षले दुई जना दोषीहरुसंगबाट उपचार खर्च लिएर ज्यानमार्ने उद्योगको जाहेरी फिर्ता लिएको समाचारले पनि गल्कोटमा सनसनी मच्चिएको छ ।
यो पनि पढौं
हटिया कुटपिट काण्डको चौतर्फी निन्दा : दोषी प्रहरीमाथी तत्काल कार्बाही गर्न व्यापक जनदवाब !
हटिया कुटपीट घटना राष्ट्रिय मानवाधिकारको आँखामा : दोषि प्रहरीमाथी कार्बाही होला ?

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply