कोपिला कंडेल, बागलुङ २०७५ फागुन ७ । काठेखोला गाउंपालिका ५ बिहुंमा राष्ट्रियस्तरको भजन प्रतियोगिता हुने भएको छ । बिहूंकोट खेलकुद तथा समाज विकास केन्द्रव्दारा आयोजित राष्ट्रिय खुल्ला लोकभजन प्रतियोगिताको यहि फागनु २० गते शिवरात्रिका दिन संचालन गरिने मंगलबार आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष कृष्ण कंडेलले जानकारी दिए । पुरातात्विक सम्पदा रहेको बिहुमा सबैखाले बिकृति बिसंगतीलाई हटाई धर्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा चिनाउनका लागि प्रतियोगिताको आयोजना गरिएको कंडेलको भनाई थियो ।
प्रतियोगितामा सातै प्रदेश लगायत काठेखोला गाउंपालिका अन्तर्गतका सबै वढा गरी २१ टिमले सहभागिता जनाउने बिहुंकोट युवा खेलकुद समाजले जनाएको छ ।
सो अवसरमा बोल्दै काठेखोला गाउंपालिका वडा नम्वर ५ का अध्यक्ष शिव प्रसाद कंडेलले सदरमुकाम बागलुङ बजार देखी नजिकै रहेको बिहुंकोटमा धार्मिक तथा पर्यटकीय सम्भावना प्रशस्त रहेपनि प्रचार प्रसारको कमीले ओझेलमा परेको बताए । गण्डकी प्रदेशकै सबै भन्दा ठुलो शिवलिङ्ग रहेको रामकोट शिवालय घाँेडाबाँधे धुरी बिहुंको कोट लगायत कृषि र पशुपालनको हिसावले बिहुं लगायत काठेखोला गाउंपालिकाका सबै वडामा थुप्रै सम्भावनाको खानी रहेका छन् भन्दै अध्यक्ष कंडेलले मुलुकको सम्मृद्धिका लागि यस्ताखाले सम्भावनाको बिकास अनिबार्य छ ।
१ हजार ८ स्वामी श्री प्रमानन्द सरस्वतीको जन्मथलो रहेको बिहुंलाई धार्मिक गन्तब्यको रुपमा बिकास गर्नका लागि राष्ट्रियस्तरको लोकभजन प्रतियोगिताले महत्वपुर्ण योगदान पुर्याउने भन्दै कँडेलंले प्रतियोगिता संचालनका लागि आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
प्रतियोगिता संचालनका लागि करिब ५ लाख रुपयांको लागत अनुमान गरिएको आयोजकले बताएका छन् । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ५० हजार व्दितिय हुनेले ३० हजार तृतिय हुनेले २० हजार र सान्त्वना पुरस्कारको राशी रु १० हजार सहित ट्रफि मेडल र प्रमाणपत्र रहेको आयोजकको भनाई छ ।