सुमन सुनार, बुर्तिबाङ २०७५ फागुन ९ । आज बिहान आएको हावा हुरीले ढोरपाटन नगरपालिका वडा नं. ९ सुकुर्दुङ स्थित सरस्वती आधारभुत विद्यालयमा क्षती पु-याएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जित बहादुर घर्ति (जीवन) का अनुसार हावा हुरीले विद्यालय भवन, बालशिक्षाको भवन र शौचालयको छानो उडाइदिएको छ । कक्षा १, २ र ३ सञ्चालनमा रहेको तिन कोठे भवन, कक्षा ४, ५, ६ र ७ सञ्चालनमा रहेको ४ कोठे भवन र कक्षा ८ सहित विद्यालयको कार्यालय रहेको २ कोठे भवनको छानो उडाइदिएको छ । त्यसैगरी विद्यालयको बालशिक्षाको भवन र शौचालयको छानो समेत हुरीले उडाइदिएको अध्यक्ष घर्तिले बताए ।
विद्यालय भवनको जस्ता पाताको छानो हावाले उडाएपछि आज विद्यालय नै बन्द गरिएको उनले ईबागलुङलाई बताए । विद्यालयको आन्तरिक स्रोत कामजोर रहेको र तत्काल पुनःनिर्माण गर्न कठिनाई भएकाले विद्यार्थीहरुलाई खुल्ला आकास मुनि राखेर पढाउन पर्ने बाध्यतात्मक अवस्था सृजना भएको घर्तीले बताए । हुरीका कारण करिव ६ लाख बराबरको क्षती पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घर्तिको भनाई छ ।
२०२१ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल कक्षा १ देखि ८ सम्मका करिव ३ सय २५ जना विद्यार्थीहरु अध्यायनरत रहेका छन् । उक्त विद्यालयमा बोबाङ, सुकुरदुङ, मोम्ला, जुरी, पहिरा, ओखलढुंगा, दुवाल, फल्लेघर, कुँगु, सुप्राङ, मर्मा, मसुरी, विजौले लगायत आसपासका क्षेत्रका बालबालिका अध्यायनरत रहेका छन् ।
हावा हुरीले ढोरपाटन-९ सुकुर्दुङ सरस्वती आधारभुत विद्यालयको छानो उडाउदा पठन पाठन नै बन्द !
२०७५ फाल्गुन ९, बिहीबार १४:०१
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ असार २४, बिहीबार ०९:०६
५ दिन देखी तमानखोला बुर्तिबाङ सडक अवरुद्ध
२०७८ असार १२, शनिबार ०९:२०