चन्द्रमणि न्यौपाने, गल्कोट २०७५ फागुन ९ ।कालिका प्राथमिक बिद्यालय गल्कोट नगरपालिका ४ नुवाकोट देउपुजेको ४२ औ बार्षिकोत्सब तथा अभिभावक दिबस बिबिध कार्यक्रमका साथ सम्पन्न भएको छ।
समापन कार्यक्रममा बोल्दै गल्कोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले सामुदायिक बिद्यालयको भौतिक सम्पत्तिलाई पूर्णता दिन बिद्यार्थीको उपस्थिति नै महत्त्वपूर्ण हुने बताए । गैरेले शैक्षिक गुणस्तर वृद्धि गरि अबिभाबकले आफ्ना बालबालिकाहरुलाइ सामुदायिक बिद्यालयमा पठाउने बाताबरण सृजना गर्न सबै लाग्नुपर्ने बताए।
कार्यक्रममा गल्कोट नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बलबहादुर खत्री, खरुवा माध्यमिक बिद्यालयका प्रधानाध्यापक हेमराज गैरे, गोल्डेन फ्युचर बोर्डिङ स्कुलका प्रिन्सिपल चुडामणी शर्मा लगायतले शुभकामना मन्तब्य राखेका थिए । बिद्यालयमा बालमैत्रि कक्षाकोठा ब्याबस्थापन गर्ने, बिद्यार्थीलाइ सुचना प्रबिधिको प्रयोग गरि शिक्षण गर्न आबश्यक सामग्री ब्यबस्थापन गर्ने, बिद्यालयमा खेलमैदान ब्यबस्थापन गर्ने जस्ता विभिन्न उदेश्य राखी सुरु गरिएको चन्दा संकलन अभियान अन्तर्गत ५ लाख बराबरको चन्दा सन्कलन गरिएको बिद्यालयका निमित्त प्रधानाध्यापक घम्मरबहादुर खड्काले जानकारी दिए । बिद्यालयमा चन्दा सहयोग गर्ने चन्दादातालाइ बाजागाजा सहित प्रशंसापत्र र दोसल्लाले सम्मान गरिएको थियो ।
सोही अबसरमा बिद्यालयमा अध्ययनरत बिद्यार्थी र पूर्व बिद्यार्थीहले मनोरञ्जनात्मक प्रस्तुती दिएका थिए । उक्त अबसरमा आयोजित खुल्ला साबिक वडा स्तरिय भलिबल प्रतियोगिता, प्राथमिक बिद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगिता, महिलाहरुको लागि कुर्सी रेश र दुना टपरी गास्ने प्रतियोगिता र पुरुष रस्साकस्सी प्रतियोगिताको बिजेताहरुलाइ पुरुस्कार बितरण गरिएको थियो ।
कार्यक्रम बिद्यालय ब्याबस्थापन समिति अध्यक्ष कर्ण बहादुर भण्डारीको अध्यक्षता, शिक्षक राम बहादुर मल्लको स्वागत मन्तब्य र शिक्षिका कल्पना भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।
बिद्यालयको भौतिक सम्पत्तिलाई पूर्णता दिन बिद्यार्थीको उपस्थिति महत्त्वपूर्ण : नगर प्रमुख गैरे
२०७५ फाल्गुन ९, बिहीबार १९:२९
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ श्रावण १८, सोमबार १०:२०
गलकोटको चौराहमा बस दुर्घटना ११ घाइते
२०७८ श्रावण ५, मंगलवार १४:०४