Sorry, that menu does not exist.
 

विविध प्रकारको व्दन्व्दलाई समाधान गर्न सकारात्मक सोँच आवश्यक !

तनहुँ, रुपाकोट,२०७३ चैत ७ । जनचेतनाको भावना विकास गराउने उद्देश्यले महिला सन्जाल रुपाकोटको आयोजना र साविक रुपाकोट गा.वि.सको प्रायोजनमा तीन दिवसीय व्दन्व्द व्यवस्थापन तालीम कार्यक्रम रुपाकोट गा.वि.स को सभा हलमा सम्पन्न भएको ।

बाहिरी व्दन्व्द,आन्तिरीक व्दन्व्द, व्दन्व्दको असर, सकारात्मक सोच, नैतिक मुल्य, ध्यान योगको विषयमा ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र छैली शाखाका प्रशिक्षक ब्रह्माकुमार राजु खड्काले प्रशिक्षण दिदै समाजमा रहेको विविध प्रकारको व्दन्व्दलाई समाधान गर्नको लागि स्वयंको मन मस्तिष्कमा सकारात्मक सोचको विकास गर्नु पर्ने आजको आवश्यकता भएको बताए ।

सकारात्मक सोचको व्यक्ति व्यक्तिमा विकास गर्नको लागि आध्यात्मिक चिन्तन र योगको शिक्षालाई दैनिक जीवनमा अपनाउनु पर्ने उनले बताए ।

प्रशिक्षणको अनुभव व्यक्त गर्दै माओवादीका जिल्ला कमिटि तनहुंका सदस्य भारत थापा, एमाले जिल्ला कमिटि सदस्य गोविन्द मिश्र, नयाँ शक्ति पार्टी गाउँ कमिटीका अध्यक्ष ज्ञान नरेश पोडेल, रापप्रा गाउँ कमिटीका अध्यक्ष हरि बहादुर के.सी, कल्पाना अधिकारी, शान्त पौडेयल, रुपाकोट सचिव विश्व श्रेष्ठ लगाएतले प्रशिक्षणले हामी सबैमा भएको असल पक्षलाई खोजने प्रेरणा, उत्साह उमंग र उपाऐ दिएको बताएका थिए । प्रशिक्षणमा महिला, पुरुष, युवा गरी १०९ जनाको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply