पूर्णभद्र निउरे, ताराखोला २०७५ फागुन ११ । नेपाल मा बि ताराको स्वर्ण महोत्सवको आज ५ औ दिन विभिन्न कार्यक्रम संगै पर्व बिद्यार्थीहरुलाइ सम्मान गरिएको छ । ५ औं दिनको कार्यक्रमका प्रमुख अतिथि बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिँह पाइजाले नेपाल मा बि ताराले लिएको लक्ष्य पूरा गराउन स्वर्ण महोत्सवको अबसरमा बडप्गाड गाउँपालिकाको तर्फबाट रु ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
उनले अभिभावक शिक्षक र बिद्यार्थीको समन्वयबाट शिक्षाको बिकास गर्न सकिने बताउदै शैक्षिक क्षेत्रको बिकासमा स्थानीय तह बिच भाइचाराको सम्बन्ध हुनु पर्ने कुरामा जोड दिए । कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक शिव प्रसाद पाण्डेले मन्तव्य व्यक्त गरेका थिए ।
सोही अबसरमा बिद्यालयमा अध्ययन गरि शिक्षा , निजामती ,बैंकिङ तथा विभिन्न क्षेत्रमामा प्रबेश गरेका पूर्व बिद्यार्थी, स्नातकोत्तर उत्तीर्ण विद्यार्थीहरु साथै चन्दादातालाई सम्मान गरिएको थियो ।
यसैबिच आज सम्पन्न १७ समूहको सहभागीता रहेको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको पहिलो चरणबाट नेपाल माबी तारा समूह ३ मिरमिरे युवा क्लब तारा , असारे युवा क्लब तारा , ताराखोला गा पा ४ तारा दोस्रो चरण मा प्रबेश गरेका छन ।
५ औ दिनको कार्यक्रममा राष्ट्रिय कलाकार बिष्णु खत्री र गायिका चाहाना श्रीले साङ्गितिक प्रस्तुति राखेका थिए । कार्यक्रम मुल समारोह समितिका अध्यक्ष दिवस खत्री पदमको अध्यक्षता शिक्षक रामलाल सुवेदी र खगेन्द्र बिश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।