Sorry, that menu does not exist.
 

बर्तमान सरकार सुखी नेपाली, समृद्ध नेपालको नारा अनुरुप अगाडि बढिरहेको पौडेलको दावी !

झम सिर्पाली, बुर्तिबाङ बागलुङ २०७५ फागुन ११ । बागलुङ क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले सम्पुर्ण शिक्षकहरु आफ्नो प्रेशाप्रती बफादार रहि काम गर्नुपर्ने बताएका छन् । बुर्तिबाङमा आज सम्पन्न भएको नेपाल कम्युनिस्ट पार्टी९ने।क।पा० निकट शिक्षक संगठनको सांगठनिक भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले शिक्षकहरुको पेसागत हकहितका लागि संगठन आवश्यक रहेको समेत जिकिर गरे ।

कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका सांसद पौडेलले एक फरक प्रसंगमा बोल्दै केही प्रतिक्रियावादीहरुले वर्तमान सरकारको केही भ्रामक समाचारका साथ तिव्र आलोचना गरिरहेको भएता पनि त्यस्मा सत्यता नरहेको र बर्तमान सरकार सुखी नेपाली समृद्ध नेपालको नारा अनुरुप अगाडि बढिरहेको दावी गरे ।

त्यस्तै कार्यक्रमको विशिष्ट अतिथिको रुपमा रहेका एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष झविन्द्र क्षेत्रीले बोल्दै शिक्षक संगठन पेशागत हकहितमा मात्र सीमित नभई संगठनको मार्गनिर्देशक सिद्धान्तमा आधारित भएर अघि बढेमात्र भोलिको समाजवादी शिक्षा निति अनुकुल वातावरण सिर्जना हुने धारणा व्यक्त गरे ।

जिल्लाको क्षेत्र नं २ ख अन्तरगतका ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका नेकपा निकट शिक्षक संगठनमा आबद्ध शिक्षकहरुको बृहत् उपस्थिति रहेको उक्त कार्यक्रममा निसीखोलाबाट एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष हुतराज भुषाल, तमानखोलाबाट नेपाल राष्ट्रिय शिक्षक संगठनका हिराबहादुर छन्त्याल, ढोरपाटन नगरपालिकाबाट नेपाल राष्ट्रिय शिक्षक संगठनका गण्डकी प्रदेश सद्स्य इश्वरी प्रसाद पौडेलले संगठनको सांगठनिक अवस्थाको बारेमा रिपोर्टिङ गरेका थिए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका गण्डकी प्रदेश संयन्त्र सद्स्य हिरा केसी, प्रेम घर्तिमगर, समाजसेवी बुद्धिजीवी तथा नेकपाका नेता तुल्सिराम अर्याल, नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश सद्स्य राम पोखरेल, एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङका उपाध्याय जित बहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक संगठन बाग्लुङका अध्यक्ष गोबिन्द भण्डारी, ढोरपाटन नगरपालिकाकी उप प्रमुख करमती पुन नेकपा ढोरपाटन नगर संयन्त्र सदस्य टंक पौडेल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथी तथा एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष झविन्द्र क्षेत्रीले गत ९ गते नेपाल शिक्षक महांसघ र नेपाल सरकार शिक्षा तथा सूचना प्रविधी मन्त्रालय विच भएको बीस बुँदे सम्झौतापत्रमाथी समेत प्रकाश पार्नुका साथै सहभागीबाट उठेका प्रश्नहरुको समेत सहजीकरण गरेका थिए ।

कार्यक्रम एकीकृत अखिल नेपाल शिक्षक संगठन ढोरपाटन नगरपालिकाका अध्यक्ष शिवलाल सुबेदीको अध्यक्षता तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका पुर्णपती कंडेलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply