Sorry, that menu does not exist.
 

विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्वि गर्न अभिभावक, विद्यार्थी र शिक्षक जागरुक हुनु पर्छ – काउचा

थम्मन थापा सन्देश, गल्कोट २०७५ फागुन १२ । गल्कोट नगरपालिकाकी नगर उपप्रमुख रेणुका काउचा मगरले विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्वि गर्न स्थानिय अभिभावक, विद्यार्थी र शिक्षक जागरुक हुनु पर्ने बताएकी छन् ।

गल्कोट माध्यमिक विद्यालय हटियाको ७१ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको समापान समारोहलाई सम्बोधन गर्दै नगर उपप्रमुख काउचाले यस्तो बताएकी हुन । उनले शिक्षालाई सिप सॅग र सिपलाई व्यवहारमा उतार्न अबको शिक्षा हुनुपर्नेमा जोड दिइन ।

सो अवसरमा गल्कोट नगरपालिकाका नगर शिक्षा उपसचिव खेम आचार्य, पुर्व शिक्षक फम बहादुर खत्री, अभिभावक माया चालिसे, विद्यार्थी पुजा विश्वकर्मा, विद्यार्थी शक्तिमान विश्वकर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा विद्यालयको वार्षिक प्रगति तथा रु २ करोड ३८ लाख ३१ हजार ९ सय ११ रुपैयाको आर्थिक प्रतिवेदन प्रधानध्यापक देबेन्द्र बहादुर खत्रीले प्रस्तुत गरेका थिए ।

वार्षिकोत्सवको अवसरमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु सॅगै विद्यार्थीहरुको प्रतिभाहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा पुरस्कार समेत वितरण गरिएको थियो । विद्यालयले आगामी दिनमा नमुना विद्यालयलाई थप निरन्तरता दिन विभिन्न नयाॅ योजनाहरु समेत तय गरेको छ ।

वार्षिकोत्सव कार्यक्रम गल्कोट माध्यमिक विद्यालय हटियाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर भण्डारीको अध्यक्षता, सहायक प्रधानध्यापक नवराज गौतमको स्वागत र शिक्षक राम बहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएकाे थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply