Sorry, that menu does not exist.
 

समाजबाटै लागु औषधको स्रोतलाई निर्मुल बनाउन आमाहरुको सक्रियता आवश्यक !

बागलुङ, २०७३ चैत ७ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको आयोजना र तीनचुले बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड धम्जाको संयोजनमा काठेखोला गाउँपालिका–३ धम्जामा भएको दुव्र्यसन विरुद्ध आमाहरु बिषयक सचेतना कार्यक्रममा बोल्ने वक्ताहरुले आफ्ना छोराछोरीहरुलाई दुव्र्यसनबाट टाढा राख्नका लागि समाजबाटै लागु औषधको स्रोतलाई निर्मुल बनाउन आमाहरु लाग्नु पर्ने बताएका छन् ।

सचेतना कार्यक्रममा बोल्ने वक्ताहरुले बेरोजगार युवायुवतीहरुलाई राज्यले सीपमुलक रोजगार दिएमा दुव्र्यसन नियन्त्रण गर्न थप मद्दत मिल्ने बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी सहायक निरीक्षक विदुर तिमिल्सिना, सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, धौलागिरि बुहुमुखी क्याम्पसका प्राध्यापक संघका सभापति डिल्लीराज गौतम, धम्जा स्वास्थ्य चौकीका सिनियर अहेव लोकबहादुर भण्डारी, बीबीसी नेपाली सेवाका बागलुङ संवाददाता रबिना बोहरा, महिला सञ्जाल धम्जाका अध्यक्ष कमला कार्की भण्डारी, आदर्श सञ्चार सहकारी संस्थाका शेयर सदस्य लक्ष्मी विक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम आदर्श सञ्चार सहकारी संस्थाका सल्लाहकार डिलबहादुर कार्कीको अध्यक्षता, तिनचुले बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष खिम छन्त्यालको स्वागत र आदर्श सञ्चार सहकारी संस्थाका उपाध्यक्ष हुमाकुमारी जिसी ‘अञ्जु’को सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा काठेखोला गाउँपालिका–३, धम्जाका १ सय ५० जना आमाहरुको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply