बागलुङ २०७५ फागुन १३ । ‘प्रथम बलेवा महोत्सव-२०७५’ सम्पन्न भएको छ । शिक्षा, खेलकुद, कला र संस्कृतिको पहिचान, बलेवाको पर्यटन बिकास र प्रबद्र्धन हाम्रो अभियान’ भन्ने नाराका साथ सुरु भएको महोत्सवको फागुन २ गते उदघाटन गरिएको थियो ।
स्थानीय कृष्ण गण्डकी क्याम्पस, नारायणस्थानको शैक्षिक उन्नयनका लागी नारायणस्थान सामाजिक सेवा प्रतिष्ठानको आयोजना र कृष्ण गण्डकी क्याम्पसको सह आयोजना, आईएमई गोरखा ब्रेअरीको प्रायोजन तथा बागलुङ नगरपालिकाकां १०, १२, १३ र १४ नम्बर वडाहरु प्रबर्द्धक रहेकाे प्रथम बलेवा महोत्सवमा सवा करोड भन्दा बढी रकम संकलन भएको आयोजकले जानकारी दिएका छन् ।
प्रथम बलेवा महोत्सव २०७५ को उद्घाटन समारोहका प्रमुख अतिथी एवं आइएमई ग्लोबल ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले रु १५ लाख ५ सय ५५ रुपयाँ सहयोग गरेका छन् भने नारायणस्थान निवासी स्वर्गीय धनबहादुर जीसी र स्वर्गीय चन्द्रकुमारी जीसीका परिबारबाट जनही रु २५ लाख ५१ हजार १ सय ५१ प्राप्त भएको आयोजकले जानकारी दिए । यसैगरी राष्ट्रिय सहकारी बोर्डका सहअध्यक्ष दक्ष पौडेलले आफ्ना पिताको नाममा रु १० लाख रुपया प्रदान गरेका छन ।
कृष्ण गण्डकी क्याम्पसको शैक्षिक उन्नयनका लागी रु १ करोडको अक्षयकोष स्थापना गरी सो को व्याजबाट क्याम्पस सन्चालन गर्ने उद्देश्य अनुरुपको रकम संकलन भएकोले क्याम्पस सन्चालन गर्न सहज हुने बताईएको छ । ११ दिन सम्म सन्चालित महोत्सवको आय/व्यय विवरण जति सक्दो चांडो सार्वजनिक गरी जनतालाइ सुसूचित गरिने पनि आयोजकले बताएका छन् ।
स्मरणीयछ, प्रथम बलेवा महोत्सव २०७५ यहि फागुन २ गते शुभारम्भ भएर हिँजो फागुन १२ गते सम्पन्न भएको हो ।