प्रेम सुनार, गुल्मी, २०७३ चैत ७ । नेपाली कांग्रेस गुल्मी गाउँ र वडा स्तरसम्म पुगी आफनो संगठन र विपक्षीहरुको नाडी छामेर मात्र चुनावी तयारीमा लाग्ने भएको छ । आज सो पार्टीको जिल्ला पार्टी संगठनले पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो ।
सो पार्टीका सभापति भुवनप्रसाद श्रेष्ठले चैत्र ३ गते देखि १० दिन सम्म अर्वेनी अग्लुङ्घ अभियान चलाईएको र यस अवधीमा गाउँ स्तर सम्म पुगेर संगठन सुदृढिकरण गर्नुका साथै विपक्ष राजनैतिक दलका सम्भावित उमेदवारको समेत लेखाजोखा गरिने र जिल्लाभरको रिर्पोट आई सकेपछि मात्र चुनावी माहौलमा होमिने बताए ।
उनले भने, अहिले हामी चुनावी गतिविधीमा होईन अर्वेनी देखि अग्लुङ्घ सम्म पुगेर कांग्रेसले स्थानिय तहको बाँडफाँडमा खेलेको भुमिकाका वारेमा जनतालाई वुझाउने छ , स्थानिय तहको निर्वाचनको महत्ववारे पनि सुसुचित गरिने छ र यो अभियान सके पछि मात्र चुनावी अभियानमा लागिने छ ।
चुनावी महौलमा नलागेर किन संगठन सुदृढिकरण तर्फ लाग्नु भयो त ? भन्ने प्रश्नमा कांग्रेस उपसभापति विष्णु वललाले यो अभियान एक प्रकारले चुनाव लक्षित अभियान भएको धारणा राखे । पार्टी सचिव खिलध्वज पन्थीले चैत्र १३ गते अर्वेनी अग्लुङ्घ अभियान सकेर १५ गते पार्टीको बैठक राख्ने त्यस पछि मात्र पत्रकार सम्मेलन गरी चुनावी अभियानवारे कार्यक्रम सार्वाजानिक गर्ने जानकारी दिए ।
सभापति श्रेष्ठका अनुसार चैत्रको अन्तिम सात पार्टीले जिल्ला सम्मेलन समेत गर्ने तय गरेको छ । महामन्त्री शशांक कोईरालाको प्रमुख आतिथ्यताम जिल्ला सम्मेलन गरिने जनाईएको छ । संविधान निर्माण कांग्रेसको वलमा अधिकार जनताको घरमा भन्ने मुल नाराका साथ सुरु भएको अभियान साविकका गाउँ कार्य समितिकै संचनामा संगठन विस्तार गर्ने बताईएको छ ।
नेकपा माओवादी केन्द्रले भने पुनरसंरचना आयोगले तोकेका गाउँ र नगरपालिका तहकै संगठन विस्तार गरी सकेको छ । कांग्रेसले नयाँ संरचनामा अनुसार संगठन विस्तार किन गरेन त ? भन्ने प्रश्नमा सभापति श्रेष्ठले साविकका गाउँ कार्य समति जोडेर गाउँपालिकाको निर्वाचन जनपरिचालन समिति बनाईने बताए ।
यसैवीच स्थानिय तहको निर्वाचनमा कुन पार्टीको कहाँ कहाँ को उमेदवार ? भन्ने अडकलवाजी चलिरेहेका वेला कांग्रेसबाट पनि सम्भावित उमेदवार को होला भनेर पत्रकारहरुले जिज्ञाषा राख्दा नेपाली कांग्रेस गुल्मीले तय नभई सकेको
बतायो ।
बरु उसले सुरु गरेको अर्वेनी अग्लुङ्घ अभियानको प्रत्येक गाउँ र नगरपालिकामा संयोजक भने तोकेको जानकारी दियो । उसले तोकेको संयोजकहरु मध्ये कतिपय सम्भावित उमेदवारका रुपमा पनि अनुमान गर्न सकिन्छ । पार्टी सचिव खिलध्वज पन्थीले दिएको जानकारी अनुसार पार्टी उपसभापति विष्णु वलाल चन्द्रकोट गाउँपालिकाको संयोजक तोकिएका छन् । उनि त्यहाँका वासीन्दा पनि हुन् ।
सोही पालिकामा सचिव पन्थी पनि तोकिएका छन् । मुसिकोट नगरपालिकामा अर्की जिल्ला पार्टी सचिव विष्णुकुमारी सापकोटा तोकिएकी छन् । उनि त्यस भेगकी वासीन्दा पनि हुन् । रुरु गाउँपालिकामा सहसचिव गोपाल पाण्डेय तोकिएका छन् । मदाने गाउँपालिकामा जिल्ला सदस्य काँशीबहादुर वोहरा संयोजक तोकिएका छन् । अर्का जिल्ला सदस्य नविन जिसी धुर्कोट गाउँ पालिकाको संयोजक तोकिएका छन् ।
मालिका गाउँपालिकामा महेन्द्र भण्डारी संयोजक तोकिएका छन् । रेसुङ्घा नगरपालिकामा जिल्ला सदस्य शालिक पन्थी संयोजक तोकिएका छन् ।
ईस्मा गाउँपालिकामा जिल्ला सदस्य छन्दबहादुर पहराई तोकिएका छन् । कालिगण्डकी गाउँपालिकामा जिल्ला सदस्य वेद थापा मगर संयोजक तोकिएका छन् ।
छत्रकोट गाउँपालिकामा जिल्ला सदस्य प्रकाश भलामी संयोजक तोकिएका छन् । गुल्मी दरवार गाउँपालिकामा श्रीप्रसाद भलामी संयोजक तोकिएका छन् । सत्यवती गाउँ पालिकामा सचिव खिलध्वज पन्थी संयोजक तोकिएका छन् । तोकिएका यी संयोजक मध्ये कतिपय त सम्भावित उमेदवार जस्ता पनि लाग्छन नि ? भन्ने प्रश्नमा सभापति भुवनप्रसाद श्रेष्ठले त्यस्तो केहि नभएको बताए ।
उनले भनेभावि उमेदवारका रुपमा आंकलन गरेर कसैलाई पनि संयोजक तोकिएको होईन केवल अर्वेनी अग्लुङ्घ अभियानका लागि मात्र तोकिएका हुन् । त्यसो त तोकिएका संयोजकहरु मध्ये कतिपय जनस्तरबाट भावि उमेदवारका रुपमा आंकलन गरिएका नेता पनि पर्दछन् ।