Sorry, that menu does not exist.
 

त्रिपुरेश्वर महादेव मन्दिरमा राष्ट्रिय लोक भजन प्रतियोगिता सम्पन्न : जैमुनि संकृतन समुह प्रथम !

कोपिला कंडेल, बागलुङ २०७५ फागुन २१ । महाशिवरात्रिको अवसरमा विहुँकोट खेलकुद तथा सामाजिक विकास केन्द्र विहुँव्दारा आयोजित एक दिवसीय राष्ट्रिय लोक भजन प्रतियोगिता सम्पन्न भएको छ । बिहुकोट क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने उदेश्यले आयोजित प्रतियोगिताको उपाधि जैमिनी संकृतन समुह जैमिनी नगरपालिका प्रथम स्थान हासिल गरेको छ ।

प्रतियोगतामा पार्वती गुफा भजन कृतन समुह कुस्मा पर्वत व्दितिय, अमर माध्यमिक विद्यालय विहुँ तृतीय र शिव मन्दिर भजन जैमिनी नगरपालिकाले सान्तवना स्थान हासिल गरेका छन् । प्रतियोगितामो प्रथम, व्दितिय, तृतीय र सान्त्वना हुने समुहहरुले क्रमशः ५० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा बिभिन्न क्षेत्रका १५ समुहले भाग लिएका थिए । हरेक बर्ष शिवरात्रिमा भक्तजनको बाक्लो उपस्थिती रहने त्रिपुरेश्वर महादेवको मन्दिरमा यस पटक भने राष्ट्रिय भजन प्रतियोगिता सम्पन्न गरिएको हो ।

पुरातात्विक सम्पदा रहेको बिहुमा सबै खाले बिकृति बिसंगतीलाई हटाई धर्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा चिनाउनका लागि प्रतियोगिताको आयोजना गरिएको आयोजक बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्रका अध्यक्ष कृष्ण कँडेलले बताए ।

राष्ट्रिय खुल्ला लोक भजन प्रतियोगिताको सोमबार महाशिवरात्रिका अवसरमा १००८ स्वामी परमानन्द सन्यास आश्रमका संरक्षक १००८ स्वामी भाष्करानन्द सरस्वतीले दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।

उद्घाटनका अवसरमा राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठानका केन्द्रिय अध्यक्ष तथा कलाकार प्रजापती पराजुलीले युवाहरु पनि संस्कृति संरक्षणमा लागेकाले यो लोप हुने अवस्थामा नरहेको विश्वास व्यक्त गर्दै पश्चिमी संस्कृति बढेकाले केही भजनहरुमा पनि विकृति देखिएपनि त्यसलाई न्यूनिकरण गर्दै सिप हस्तान्तरण गरी अगाडी बढ्नुपर्ने बताएका थिए । धर्मको संरक्षण संगै सांस्कृतिक विकासमा पनि यसले सहयोग पु¥याउने पराजुलीको भनाई थियो ।

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको उक्त मन्दिरमा पाँच क्विन्टल तौल बराबरको शिवलिङ्ग रहेको छ । मन्दिरमा साउन महिना, महाशिवरात्रि, अक्षय तृतीया तथा हरेक वर्षको जेठ ११ गते विशेष पूजाआजा तथा मेला लाग्ने गर्दछ ।

मध्यपहाडी लोकमार्गको बिहुँ खण्डदेखी ५ सय मिटरको दूरीमा घना जङ्गलको बीचमा रहेको मन्दिर उत्खननका क्रममा भेटिएका ऐतिहासिक वस्तु बसाहा, करुवा, कलश जलधारा, ताउला लगायतका वस्तुले मन्दिर पुरातात्विक हिसाबले महत्वपूर्ण भएको पुष्टि हुन्छ ।

मन्दिर परिसरबाटै दर्जन भन्दा बढी हिमश्रृङखलाको अवलोकन गर्न सकिने सो मन्दिर पर्यटकीय दृष्टिकोणबाट पनि आकर्षक क्षेत्रका रुपमा रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply