खगेन्द्र विश्वकर्मा, ताराखोला बागलुङ २०७५ फागुन २ि१ । साझेदारीमा आधारित प्रहरी विद्यालय सम्पर्क कार्यक्रम नेपाल माविमा सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय ताराखोला बागलुङले लागु औषध दुव्र्यसनी, मादक पदार्थ , सामाजिक सन्जालको दुरुपयोग , सुरक्षा सम्बन्धि विभिन्न सचेतना दिने गरि ताराखोलाको नेपालमाविमा आज प्रहरी नायव निरीक्षक सानुकाजी बिष्टले कक्षा ९र१० लाई सहजिकरण गरेका थिए ।
ईलाका प्रहरी कार्यलय ताराखोला बागलुङले फागुन १८ गतेदेखि कार्यक्रम सुरु गरि जनप्रेम मावि भुष्कात, अर्गल मावि अर्गल , दुर्गा भवानी मावि करिमेला , र नेपाल मावि ताराखोलामा लागु औषध भनेको के हो ? , लागु औषधमा नलाग्ने कसरी ? त्येसको हानि, वर्तमानमा फोन फेसबुकबाट निम्तने समस्या र समस्याको बेला प्रहरीबाट लिन सकिने सहयोग बिषयमा कक्षा संचालन गरिसकेको छ ।
अव बाँकी विद्यालयहरुमा कार्यक्रम संचालन गरिने बिष्टले बताए । ईलाका प्रहरी कार्यलय तारामा अपराध सम्बन्ध उजुरी कम आउने गरेको पनि विष्टले बताए।