बागलुङ २०७५ फागुन २१ । नेपाल टे«ड युनियन काँग्रेस जिल्ला कार्यसमिति बागलुङले आफ्नो स्थापना दिवसको खर्च कटाएर विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । युनियनले आफ्नो ७३ औं स्थापना दिवसको अवसरमा सदरमुकामा बागलुङ बजारमा रहेको बालमन्दिर आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको हो । विद्यालयमा अध्ययनरत गरिब, जेहेन्दार र विपन्न परिवारका १५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको टे«ड युनियन काँग्रेस बागलुङका अध्यक्ष ईश्वर ठाकुर पौडेलले जानकारी दिए ।
हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल टे«ड युनियन काँग्रेस गण्डकी प्रदेशका उपाध्यक्ष रामप्रसाद अधिकारीले विद्यार्थीका लागि सानो सहयोगले उनिहरुको मनोबल उच्च बनाउनका लागि मद्दत पुगेको बताए । उनले गरिब तथा विपन्न परिवारका विद्यार्थीका लागि यो ठुलो राहत भएको र हरेक संस्थाहरुले आफ्नो स्थापना दिवसहरु यस्तै सामाजिक क्षेत्रमा सहयोग गरेर मनाउन समेत आग्रह गरे ।
कार्यक्रममा नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष उमकान्त पौडेल, नेपाल तरुणदल बागलुङका उपाध्यक्ष गोविन्द बहादुर पौडेल ‘गोपाल’ नेपाल टे«ड युनियन काँग्रेसका प्रदेश प्रतिनिधि सिता शर्मा लगायले बोलेका थिए । कार्यक्रम अध्यक्ष ईश्वरठाकुर पौडेलको अध्यक्षता अनौपचारिक उपाध्यक्ष पिंगला जिसीको धन्यबाद मन्तव्य, महिला संयोजक भगवती केसीको स्वागत र सचिव कुमार पौडेलको संचालनमा सम्पन्न भएको थियो ।