कमल पौडेल, बडीगाड, (बागलुङ) २०७५ फागुन २३ । एसईई (SEE) परीक्षा नजिक आए संगै जिल्लाा स्थित बिभिन्न माध्यमिक बिद्यालयहरुमा अध्ययनरत कक्षा ९ का छात्रछात्राहरुले कक्षा १० का छात्रछात्राहरुलाई बिदाईको कार्यक्रम गर्न थालेका छन् ।
यसैक्रममा बडीगाड गाउँपालिका- २ खर्वाङ स्थित त्रिभुवन नमुना माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरुले कक्षा १० का विद्यार्थीहरुलाई बुधवार एक कार्यक्रमका विच विदाई गरेका छन् । बिदाई कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरुले कक्षा १० र कक्षा १० का विद्यार्थीहरुले कक्षा ९ का विद्यार्थीहरु तथा विद्यालयको लागि मायाको चिनो समेत हस्तान्तरण गरेका थिए ।
साधारण धार तर्फ नेपाली तथा अंग्रेजी माध्यमका तथा प्राविधिक धार तर्फ कृषि वालिविज्ञानका विद्यार्थीहरुले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन् ।
कार्यक्रममा वोल्दै प्रधानाध्यापक ढालमणि भण्डारीले विद्यालयको प्रगतिमा विद्यार्थीको योगदान महत्वपूर्ण हुने भन्दै लगनशिलता र अनुशासनलाई सधैं आत्मसात गर्न निर्देशन दिए ।
बिदाई हुन लागेका कक्षा १० का विद्यार्थीले कक्षा ९ का विद्यार्थी साथीहरुलाई विद्यालयको गरिमालाई उँचो राख्ने काममा संवेदनशील रहन आग्रह गर्दै दिएको विदाई मन्तव्यले सवैलाई भावुक वनाएको थियो भनै कक्षा ९ का विद्यार्थीहरुले कक्षा १० का विद्यार्थी साथीहरुलाई एस.इ.ई. परीक्षा सफलताको शुभकामना व्यक्त गर्दै मायाँको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा कक्षा १० वाट तुल्सी रेश्मी डिम्पल, सन्देश वस्नेत, अभय भुजेल कक्षा ९ वाट समिर पौडेल, अपेक्षा खरेल, किनार विक लगाएतले मन्तव्य राखेका थिए । सो अवसरमा कक्षा ९ का सचिना विक ज्ञानु शेरचनले विदाइ गीत मार्फत कक्षा १० लाई शुभकामना दिएका थिए ।
कार्यक्रम कक्षा ९ का सोनिया भुसालको अध्यक्षता, अशोक रानाको स्वागत मन्तव्य तथा तेजस्वी भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।
स्मरणीयछ, यहि चैत महिनाको १० गते वाट एसईई (SEE)परीक्षा संचालन हुँदैछ।