घनश्याम गौतम/मित्र खरेल, गल्कोट २०७५ फागुन २३ । कृषकले आत्मनिभरमुखी कृषि प्रणालि अपनाउनु नै अहिलेको मुख्य समस्या भएको कृषि ज्ञान केन्द्र पर्बतका प्रमुख बरिष्ठ कृषि बिकास अधिकृत बासु रेग्मीले बताएका छन् ।
आर्थिक बर्ष २०७५÷२०७६मा गल्कोट नगरपालिकाले कृषि तर्फ स्विकृत गरेको बार्षिक कार्यक्रम अन्तरगर्त गल्कोट नगरपालिका बडा नम्बर १, २ र ३ का कृषकहरुको लागी नरेठाँटीमा सन्चालित १ दिने अगुबा कृषक तालीममा यस्तो बताएका हुन् । उनले गल्कोटका किसानहरुलाई ब्यबसायिक किसान बन्न आग्रह समेत गरे ।
रेग्मीले कृषि ज्ञान केन्द्र पर्बतबाट कृषकले प्राप्त गर्न सक्ने सेबा तथा सुबिधाको बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा गल्कोट नगरपालिकाका कृषि तथा पशु शाखा प्रमुख चिन्तामणि शर्माले ज्ञान ेकन्द्र र गल्कोट नगरपालिका बिच सम्बन्ध बिस्तारको कार्यक्रम अगुबा कृषक तालीमको आयोजना गरिएको बाताए । उनले सरकारी सेबा लिनको लागी कृषक सक्रिय बन्नुपर्नेमा जोड दिए । तालिमको कृषि ज्ञान केन्द्र पर्बतका बाली संरक्षण अधिकृत नारायण पौडेलले सहजिकरण गरेका थिए । कार्यत्रममा २८ जना कृषकको सहभागिता रहेको थियो ।
तालिममा नर्सरी निर्माण, लहरेबाली, भकारो तथा गोठ सुधार, गिट्टिी मलको प्रयोग लगाएतको बिषयमा सहजिकरण गरिएको थियो । बासखोलामा सम्पन्न तालीममा गल्कोट नगरपालिकामा कृषि प्राबिधीक नभएको, कृषक ब्यबसायिक बन्न नसेकको लगाएतका बिषयमा सहभागिले जिज्ञासा राखेका थिए । तालिम गल्कोट नगरपािलका बाड नम्बर ९ का बडा अध्यक्ष तेज बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।