Sorry, that menu does not exist.
 

तमानखोला गाउँपालिकाको पाँचौ गाउँसभा सम्पन्न !

छविलाल पाण्डे, बुर्तिवाङ २०७५ फागुन २३ । तमानखोला गाउँपालिकामा बुधबार पाचौँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाबाट विभिन्न बिषयमा छलफल तथा निर्णय पारित गरीएको प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतमले बताए । उनका अनुसार सहकारी ऐन, गाउँ विपद जोखिम न्युनिकरण ऐन २०७५,र न्यायिक समितीले गरेका कामको बिषयमा गरेका निर्णयको अनुमोदन गरिएको छ ।

त्यस्तै विभिन्न योजनालाई साँसोधन गरीएको हो प्रत्यक वडामा मातृ भाषा कक्षा सञ्चालन गर्न रु ४ लाख रुपैयाँ बजेट बिनीयोजन गरीएको छ । जसमा वडा नं.१ को भवन निर्माणका निम्ती क्रमागत योजनातर्फ रु १० लाख, सवै वडामा पोल अड्याउने डि.पि.सि धलानका निम्ती ५ लाख, बोङगादोभान स्वास्थ्य चौकिमा भिडियो एक्सेरे मशिन खरिदमा ३ लाख ५० हजोर बिनीयोजन गर्ने निर्णय गरिएको छ ।

उता वडागत योजना सँशोधन र नँया योजना अगाडी सारिएको छ । जसमा बराहकोट खानेपानी आयोजना नर्जाका लागि क्रमगत योजनामा १६ लाख रुपैयाँ बिनीयोजन भएकोमा थप ३ लाख अनुदान उपलब्ध गराइ १९ लाख लगतमा योजना सम्पन्न गर्ने निर्णय गरीएको छ । त्यस्तै प्रत्यक वडामा महतवपुर्ण योजनाको छनौट गरी आवस्यकताको आधारमा बजेट थप गरीएको हो । गाउँपलिका भर २ सय ३५ विधुत पोल खरिद गरीएको बिषयमा समेत जानकारी गराइएको थियो । गाउँपािलकामा जिर्ण रहेका पुल निर्माण, विद्यालय, सडक, तटवन्ध निर्माण लगाएतका सिर्षकलाई सँसोधन गरी बजेट थप गरएिको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गौतमले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply