Sorry, that menu does not exist.
 

पर्वतमा बिभिन्न कार्यक्रम सहित १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस सम्पन्न !

निर्मल पौडेल पर्वत २०७५ फागुन २४ । आज १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस, हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तराष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । आजको दिन महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले ¥याली, गोष्ठी तथा अन्तरक्रिया लगायतका कार्यक्रम गरी मनाएका छन् । नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदार माथि भएको श्रम शोषणका विरुद्ध बुलन्द आवाज उद्घोष गरेको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।

नारी दिवस हरेक वर्ष विश्वभरका महिलाले एउटा प्रथा परम्परा र चाडका रुपमा मनाउँदै आएका छन् । यसै अवसरमा नेपाल ट्रेड युनियन महासंघ कुस्मा नगर कमिटीको आयोजनामा नेपाल कम्युनिष्ट पार्टी नेकपाको पार्टी कार्यलयमा अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा ने क पा का जिल्ला नेता भक्त कुवँरले अन्तराष्ट्रिय श्रमिक महिला दिवशको एतिहासिक पृष्ठभुमी वारे वताउँदै महिलाहरुले राजनैतिक आर्थिक तथा सांस्कृतिक अधिकार संविधानमा नै प्राप्त गरेको ऐतिहासिक दिन भएको वताए । कुवँरले भने “यो दिनमा समान कामको समान ज्याला महिलाहरुमाथि हुने सवै प्रकारका विभेद अन्त्य गरिनुपर्छ भनेर आन्दोलन गरेको दिन हो । आजको दिन खुशीको दिन र महिलाहरुको चाड हो ।”कुवँरले संविधानमा लेखिएका महिलाहरुका अधिकारलाई समान न्यायको पहुँच हुनेगरी नेकपा सरकारले लागु गर्ने समेत जिकिर गरे ।

कार्यक्रममा विशिष्ट अतिथी तथा जिफन्ट गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष नन्दलाल अधिकारीले श्रमिक महिला दिवशको सन्दर्भ जोडेर जिफन्टले महिलाहरु लाई उच्च प्राथामिकतामा राखेर नियमित रुपमा दिवश मनाउँदै आएको जानकारी दिए ।

त्यस्तै अधिकारीले वर्तमान अवस्थामा महिलाहरुको दायित्वको वारेमा वोलेका थिए । जिफन्ट कुस्मा नगर कमिटीका अध्यक्ष खगेश्वरी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शुभकामना मन्तव्य प्रदेश कमिटी सदस्य रमा श्रेष्ठले र क्युसेक अध्यक्ष वावुराम सापकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन जिल्ला कमिटी सचिव कृष्ण वहादुर नेपालीले गरेका थिए ।

यसैगरी लैङगिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार भन्ने मुल नाराका साथ कुस्मा नगरकार्यपालिको कार्यालय कुस्मा पर्वतले विविध कार्यक्रम गरेर मनाएको छ ।

नगरपालिका भित्रका विभिन्न महिला समुहहरुको भेला गराई सचेतनामुलक कार्यक्रम गरेको हो । महिला अधिकारका व्यानर र नाराहरु लिखित लिएर वृहत ¥याली सहित वजार परिक्रमा समेत गरेका हुन् । कुनपा नगरकार्यपालिकाको आयोजनामा पर्वत उद्दोग वाणिज्य महासंघ पर्वतको सभाहलमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका अध्यक्ष मनोहर वि पौडेल, कुस्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने, नेकपाका युवा नेता शंकर गिरी लगायत विभिन्न विशिष्ट व्याक्तिहरुले सम्वोधन गरेको थिए । वोल्ने वक्ताहरुले पुरुष सरह महिलाहरुलाई पनि अधिकारको ग्यारेन्टि हुनुपर्ने भन्दै एक्काईसौँ सताव्दीमा पितृसत्तात्मकताको कुरा कसैले गर्छ भने त्यो सह्य नहुनेमा जोड दिएका थिए । त्यस्तै नारी अधिकारका वारेमा भनाई र गराईमा समानता ल्याउन नसक्नुनै मुख्य समस्या रहेको वताएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply