कोपिला कंडेल, बागलुङ, २०७३ चैत ८ । ५२ औँ अन्तराष्ट्रिय जातिभेद तथा रंगभेद उन्मुलन दिवस बागलुङमा मनाइएको छ । हरेक बर्ष २१ मार्चमा मनाइने दिवसको अवसरमा मंगलबार नेपाल उत्पीडित जातिय मुक्ति समाज बागलुङले अन्तरक्र्रिया कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले छुवाछुत जस्तो समाजको कलंकको अन्त्य गर्नका लागि सबैले साझा अभियान शुरु गर्नुपर्ने बताए । छुवाछुत अन्त्यका लागि बिभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कानुन बनेपनि ब्याव्हारमा कार्यान्वयन हुन नसकेको भन्दै बक्ताहरुले दलित माथिको बिभेद अन्त्यका लागि स्पष्ट निती अपनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य एबं उत्पीडित जातिय मुक्ति समाजका पुर्व संयोजक गोबिन्द नेपालीले दलित आन्दोलनको नेतृत्व गर्नका लागि स्पष्ट निती र बिचार हुनुपर्नेमा जोड दिएका थिए । धर्मिक तथा परम्परागत चिन्तनका कारण दलित समुदायले बिभेद खेप्नुपरेको चर्चा गर्दै उनले जतिय बिभेद अन्त्यको लागि सबै सरोकारवाला साहस र प्रतिबद्धताका साथ लाग्नुपर्नेमा जोड दिए । धर्म र संस्कारका नाममा चुलिएको छुवाछुत जस्तो सामाजिक अपराधको अन्त्यका लागि सबै एक हुनुपर्ने बताए ।
कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटि सदस्य जनक पौडेल, केन्द्रिय उर्जा विभाग सदस्य हिरा केसी, नेकपा एमालेका उपाध्यक्ष कृष्ण पाठक, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीष, नेपाल दलित संघका उपाध्यक्ष रणबहादुर बोहोरा,दलित अधिकारकर्मी खेम बिश्वकर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम समाजका संयोजक धनबहादुर परियारको अध्यक्षता, उपसंयोजक मनोजकुमार विकको स्वागत मन्तव्य र सचिव नविन शिशिरको सञ्चालनमा सम्पन्न भएको थियो ।