Sorry, that menu does not exist.
 

पाण्डवखानीमा १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवस सम्पन्न !

सुरेश छन्त्याल, गल्कोट २०७५ फागुन २४ । लैंगिक समानताको लागि समाज सोच र व्यवहार समृद्धिको आधार भन्ने नाराका साथ बागलुङको गल्कोट नगरपालिका १० पाण्डबखानीमा महिला जागरण केन्द्रको आयोजना र गलकोट नगरपालिका र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको आंशिक सहयोगमा १०९ औ अन्तर्राष्ट्रिय महिला दिवस सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै पुर्व सांसद नरबहादुर पुन निरजले नेपाली दिदीबहिनीहरुको अवस्था पनि टेली श्रृंखला ब्रेक फेलको गीत झै भएको निर्मला पन्तको हत्यारालाइ अझैपनि प्रकाउ गर्न सरकारले नसकेको र यदि सरकारले चाह्यो भने पन्तको हत्यारालाइ प्रकाउ गर्न सक्ने पन्तको न्याय अहिलेसम्म नभएको सांसद पुनले बताए । कार्यक्रमा महिला जागरण केन्द्र गलकोट नगरपालिका १० पाण्डबखानीका अध्यक्ष राधिका पुनको सभापतित्व वडा अध्यक्ष तिलक घर्ती पुर्व सांसद नरबहादुर पुन निरजको समुपस्थितिमा रुपा श्रीसको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा मेलमिलाप शिक्षकबाट गीत र नृत्य प्रस्तुत गरिएको थियो।

कार्यक्रममा वडा सदस्य धनबहादुर सुनार, रामप्रसाद विक, गलकोट नगर सभाका सदस्य गणेश शेरचन, गलकोट वासका संयोजक दुर्गा छन्त्याल, पत्रकार सुरेश छन्त्याल लगाएतको सहभागिता रहेको कार्यक्रममा ७ समूहको सहभागीता रहेकोमा प्रथम गतिशील आमा समूह बगर, दोस्रो काफ्रे आमा समूह तेस्रो ज्याथर आमा समुह भएको छ भने कार्यक्रमको संञ्चालन आशा श्रीसले गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply