Sorry, that menu does not exist.
 

छोरी जन्मिदा धारेहात लगाउने परिपाटीको अन्त नहुन्जेल महिलामुक्ती आन्दोलन असम्भव – खत्री

मल्ममा आयोजित अन्तर्राष्ट्रिय महिला दिवसमा दुई जेष्ठ महिलाहरु सम्मानित !

चन्द्रमणी न्यौपाने, गल्कोट २०७५ फागुन २४ । लैङ्गिक समानताको लागि समान सोँच र ब्यबाहार समृद्धिको आधार भन्ने मुल नारासहित प्राप्ति महिला सन्जाल गल्कोट नगरपालिका-४ ले १०९ औ अन्तर्राष्ट्रिय महिला दिबस बिभिन्न कार्यक्रम गरि सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै गल्कोट नगर कार्यपालिका सदस्या शिव खत्रीले राज्यले दिएका अधिकारको प्रयोग गर्दै पुरुष प्रधान समाजले वनाएको नियम तोडदै गए अधिकार स्वत आफै प्राप्त हुदै जाने वताइन । उनले छोरी जन्मिदा धारेहात लगाउने परिपाटीको अन्त नहुन्जेल महिलामुक्ती आन्दोलन अगाडी वढन नसक्ने बताइन । नारीनारी विचको विभेद अन्त नहुन्जेल जतिनै दिवश मनाएपनि परिवर्तन नहुने बताउदै महिलाहरुले नारी दिवस औचित्य प्राप्तिको लागि मनाउनु पर्नेमा जोड दिइन ।

उक्त अबसरमा जनप्रतिनिधिहरु रुद्रप्रसाद सुवेदी, रबिलाल सुवेदी, खरुवा माध्यमिक बिद्यालयका प्रधानाध्यापक हेमराज गैरे, सन्जालका सल्लाहकार टिकाराम सुवेदी, कालिका प्रा। बि। का शिक्षक घम्मर खड्का र विभिन्न आमा समुहबाट अध्यक्षहरुले मन्तब्य राखेका थिए ।
सो अबसरमा गल्कोट नगरपालिका वडा नम्बर ४ स्थित खरुवा, चमुवा, नुवाकोट र भलाबोट टोलका आमासमुहको अप्रतियोगी गीत र नृत्य प्रस्तुत गरेका थिए । टोलका नारीहरुले महिला हिंसा अन्त्य गरौ, छोरा छोरी बराबरी, लैङ्गिक भेदभाब अन्त्य गरौ, महिलालाइ मायाँ सद्भाव र सम्मान गरौ भन्ने नारा लगाइ वडाको बहुरदेखि डाडाखेत सम्म पुगि खरुवा मा बि मा कोण सभामा परिणत भएको थियो । कार्यक्रम प्राप्ति महिला संजालकी अध्यक्ष रश्मि शर्मा गैरेको अध्यक्षता, उपाध्यक्ष गंगा खड्काको स्वागत र सचिब उमा न्यौपानेको सन्चालनमा सम्पन्न भएको थियो ।

यसैबीच १०९ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा गल्कोट नगरपालिका ७ मल्ममा कार्यक्रम सम्पन्न भएको छ । महिला जागरण केन्द्रको आयोजनामा भएको कार्यक्रममा गल्कोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा, जनप्रतिनिधी मिना दर्जी, घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देश, दिपज्योति आधारभुत विद्यालय मल्मका प्रधानध्यापक शारदा देवी शर्मा, भैरव माध्यमिक विद्यालय बाँसखोलाका शिक्षक विष्णु मल्लले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको अवसरमा सिर्जनशील आमा समुह आँगाखेत र चिसापानी आमा समुह बामियाले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

प्रतियोगिलाई नगद रु २र२ हजार पुरस्कार प्रदान गरिएको थियो । सो अवसरमा जेष्ठ महिला सदस्य आगॉखेत निवासी टुल्की थापा र साहानीडाँडा निवासी नन्दकली साहानीलाई अभिनन्दन गरिएको थियो ।

कार्यक्रम सुरु हुनुपर्व महिलाहरुको विभिन्न प्लेकार्ड सहितको र्यालीले वडा नं ७ को बामिया हॅुदै आगाखेत देखी मल्म सप्ताहघाट सम्म परिक्रमा गरेको थियो । कार्यक्रम महिला जागरण केन्द्र मल्मका अध्यक्ष ललिता थापाको अध्यक्षता उपाध्यक्ष थुमकुमारी थापाको स्वागत मन्तव्य र सचिव सरस्वती केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply