Sorry, that menu does not exist.
 

शिक्षा समाज विकासको आधार भएकोले सोँच र बिचारमा परिवर्तन ल्याउनु आवश्यक- प्रजिअ खरेल

बागलुङ २०७५ फागुन २५ । काठेखोला गाउपालिका २ भीमापोखरा स्थित भीमादरवार आधारभूत विद्यालयको २८ औँ वार्षिकोत्सव तथा अभिभावक भेला आज सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले विद्यालयको २८ वार्षिकोत्सवको उद्घाटन गर्दै शिक्षा समाज विकासको आधार भएको उल्लेख गर्दै प्रमाणपत्र प्राप्त गर्नु मात्र शिक्षा नभएर सोँच र बिचारमा परिवर्तन ल्याउनु आवश्यक रहेको बताए ।

प्रजिअ खरेलले छोरा छोरीमा विभेद गर्न नहुने बताउदै बालबिबाह जस्ता कुरीतिहरुको अन्त्य गर्न समेत विद्यालय परिवार सजग हुनुपर्ने बताए । उनले अभिभावहरुले समय समयमा विद्यालयमा गएर आफ्ना बालबालिकाहरुको पढाई सम्वन्धमा संज्ञान लिने गरेमा उनिहरुको पढाई प्रति अभिरुची बढ्ने बताए ।

प्रजिअ खरेलले यस विद्यालयको भोतिक एवं शैक्षिक प्रगतिमा यहाँको समाज, अभिभावक, समाजसेवी शिक्षा प्रेमीहरुबाट प्राप्त सहयोगको उच्च प्रशसा गर्दै आफ्नो क्षेत्रबाट पनि बिद्यालयलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

विद्यालय व्यस्थापन समितिका अध्यक्ष रुद्र प्रसाद उपाध्ययको अध्यक्षता भएको सो वार्षिकोत्सव कार्यक्रममा विद्यालयको प्रगतिको लागि पर्वत मोदी गाउँपालिकाका समाजसेवी देवेन्द्र ठकुरी र प्रताप ठकुरीबाट रु १ लाख ३ हजार, बानपा २ का समावसेवी जीवराज गौतमबाट रु ३५ हजार १सय ५१, काठेखोला २ भीमापोखराका नरबहादुर थापाबाट रु १५ हजार ५, ऐ निवासी सुजन केसीबाट रु १५ हजार १ सय ५१ तथा बानपा ४ कुँडुलेका भरत केसीबाट रु १५ हजार १ सय ५१ सहयोग प्राप्त भएको थियो ।

कार्यक्रममा भीमापोखरा मुल ठानाका समाजसेवी होमबहादुर हमाल, नेपा साल्ट ट्रडिङ कर्पोरेशन बागलुङका प्रमुख मनोज श्रेठ, समाजसेवीहरु नमिता शर्मा, देवेन्द्र ठकुरी, खिमानन्द पौडेल, चन्द्रमणी उपाध्यायले शुभकामना मन्तव्य दिएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रप्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन विद्यालयकी शिक्षिका गीता केसीले गरेकी थिईन भने बिद्यायलयको आर्थिक प्रतिवेदन बिद्यालयका प्रधानाध्यापक राजेन्द्र बहादुर थापामगरले प्रस्तुत गरेका थिए ।

सोहि कार्यक्रममा नेपाल साल्टट्रेडिङ बागलुङ व्दारा प्राप्त स्कुल व्यागहरु भिमादरबार आधारभूत विद्यालयका १४ जना विद्यार्थीहरुलाई प्रजिअ खरेलले वितरण गरेका थिए भने साल्ट ट्रेडिङका प्रमुख मनोज श्रेष्ठले आयोडिन युक्त नूनको प्रयोगबागरे जानकारी गराएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खरेलले ‘सम्मानको संस्कार’ अन्तर्गत विद्यालयलाई सहयोग प्रदान गनेँ तथा समाज विकासको विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तित्वहरु तथा जेष्ठ नागरिकहरुलाई टीका र खादा लगाई दिएर सम्मान गरेका थिए । यसरी प्रजिअ खरेलले सम्मान गरिएकाहरुमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रप्रसाद उपाध्याय, समाजसेवी एवं शिक्षा विकासका अभियन्ता होमबहादुर हमाल, समाजसेवी तिर्थकुमारी हमाल, विद्यालयका प्रअ राजेन्द्र बहादुर थापा, शिक्षक अभिभावक संघका अध्यक्ष शालिकराम शर्मा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एकराज पौडेल, चन्दादाता देवी प्रसाद उपाध्याय, शिक्षाप्रेमी चन्द्रमणी उपाध्याय, विद्यालय व्यवस्थापन समितिकी सदस्य चन्द्रकला थापा, शिक्षक तथा महिला स्वयंसेविका गीता हमाल, जनप्रिय आधारभूत विद्यालयका प्रअ नरबहादुर थापा, स्वास्थ्य चौकी प्रमुख दीया छन्त्याल, समाजसेवी खिमानन्द पौडेल लगायत रहेको प्रअ राजेन्द्रबहादुर थापाले जानकारी दिए ।

कार्यक्रममा चित्रलेखन प्रतियोगित लगायत विभिन्न कार्यक्रमहरु भएका थिए । अन्तर विद्यालय नृत्य प्रतियोगितामा जनकल्याण मावि प्रथम, जनप्रिय निमाबि व्दितिय र शिवालय प्रावि तृतिय भएका थिए । महिलाहरुको भजन प्रतियोगिता, अभिभावकहरुबीच म्यूजिकल चियर कुर्सी घुमाई प्रतियोगितामा गीता थापा प्रथम शोभा हमाल व्दितिय र कमला शर्मा भएको शिक्षिका गीता हमालले जानकारी दिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply