बागलुङ, २०७५ फागुन २५ । पुर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका पुर्व सभापति स्व. गिरीजाप्रसाद कोईरालाको स्मृतिमा जिपी कोईराला फाउण्डेशन बागलुङले विचार गोष्ठीको आयोजना गर्ने भएको छ ।
फाउण्डेशनको शनिबार बसेको बैठकले आगामी चैत ९ गते स्व.कोईरालाको संम्झनामा विचार गोष्ठी तथा अन्तरक्रिया कार्यक्रमकोे आयोजना गर्ने निर्णण गरेको हो । लोकतन्त्र शान्ति र विकासका निम्ती कोईरालाले मुलुकमा गरेको योगदानको स्मरण गदैं कार्यक्रमको आयोजना गरिएको जिपी कोईराला फाउण्डेशन बागलुङका अध्यक्ष महेन्द्र प्रसाद कंडेलले बताए ।
बिचार गोष्ठीमा केन्द्रस्तरका नेताहरुको सहभागिता रहने अध्यक्ष कंडेलले जानकारी दिए । वि.स. १९८१ असार १८ मा जन्मेका कोईरालाको २०६६ साल चैत्र ६ गते निधन भएको थियो । नेपालको राजनितिमा राजनेताको रुपमा परिचित कोईराला ४ पटक सम्म नेपालको प्रधानमन्त्री बनेका थिए ।
उनी तत्कालीन ७ राजनैतीक दलहरूको मोर्चाको नेता थिए । तत्कालीन माओबादीलाई शान्ति प्रक्रियामा ल्याउने काम कोईरालाको नेतृत्वमा भएको थियो ।
६० वर्षभन्दा धेरै समय देखि राजनीतिमा संलग्न भएका स्वर्गिय कोईराला आफ्नो राजनीतिक जीवनको सुरूवात, आफ्नो गृहनगर बिराटनगरको जुट मिलका श्रमिक नेताको रूपमा सुरू गरेका थिए ।
कोइरालाको निधनपछि प्रजातन्त्र, शान्ति र समृद्ध नेपाल बनाउने लक्ष्यका साथ उनकै पुत्री सुजाता कोइरालाले स्थापना गरेको प्रतिष्ठानले नेपालका सात प्रदेश विभिन्न जिल्ला र विदेशका विभिन्न मुलुकमा आफ्नो शाखा विस्तार गर्दै आएको फाउण्डेशन बागलुङका सचिव विकास पौडेलले बताए । त्यसै बैठकले फाउण्डेशनलाई बागलुङमा गठन गर्नका लागि प्रदेश तथा केन्द्रले गरेको सहयोग प्रति धन्यबाद ज्ञापन गरेको छ । फाउण्डेशनल आगामी दिनमा जिल्लाका हरेक स्थानिय तह र वडाहरुमा विभिन्न कार्यक्रमहरु संचालन गर्ने पौडेलले बताए ।