Sorry, that menu does not exist.
 

वर्तमान सरकार जनचाहना बिपरीत अगाडी बढेकाले जनताले सरकारको बिकल्प खोज्न थाले- देउवा

कोपिला कंडेल, बागलुङ २०७५ फागुन २६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकार शुरुबाटै अप्रजातान्त्रिक शैलीमा अगाडी बढेको बताए ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति बागलुङले लोकतान्त्रिक चोकमा आयोजना गरेको आमसभालाई संबोधन गर्दै देउवाले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारले एक बर्षमा एउटापनि उदाहरणीय काम गर्न नसकेको आरोप पनि लगाए ।

हत्या हिसां बलात्कार लगायतका जघन्य अपराधिक गतिबिधीमा संलग्नलाई बचाउन वर्तमान सरकार लागि परेको छ, सभापति देउवाले भन,े जनचाहना बिपरीत अगाडी बढेकाले जनताले सरकारको बिकल्प खोज्न शुरु गरेका छन् । सरकार एकलौटी ढंङ्गले अगाडी बढेकाले जनतासामु अलोकपृय बन्दै गएको सभापति देउवाको आरोप थियो ।

आमसभामा कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले कम्युनिष्ट दर्शनले देश नबन्ने बताउदै प्रधानमन्त्री ओलीको राष्ट्रबाद अत्यन्त कच्चा भएकाले भोलि देशको भुगोल रहनेकी नरहने भन्ने चिन्ता व्यक्त गरे । शर्माले राष्ट्रबाद भनेको परिणाममुखी हुनुपर्छ, सरकारले सिके राउतसंग गरेको सम्झौताले आफुहरुलाई गम्भिर बनाएको बताए ।

सो अवसरमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन जोशी, अर्का केन्द्रिय सदस्य रत्ना शेरचन र आमन्त्रित केन्द्रिय सदस्य किरणराज पौडेलले सरकार प्रति जनताको मोह भंङ्ग भएको आरोप लगाए ।

कार्यक्रममा पुर्ब सांसद गोबिन्द प्रसाद शर्मा कंडेल प्रदेश सांसद एबं नेपाली कांग्रेसका प्रवक्ता मणिभद्र शर्मा कंडेल नेपाली काँग्रेस भक्तपुरका पार्टी सभापति दुर्लव थापा कांग्रेस नेता रामहरी खतिवडा तरुण दलका केन्द्रिय अध्यक्ष जितजङ्ग बस्नेत संघिय सांसद ज्ञान कुमारी छन्त्याल पुबं सांसद नर बहादुर पुन निरज, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी जगदिशचन्द्र उपाध्याय र क्षेत्रिय सभपति नारायण पौडेल लगायतले मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रम नेपाली कांग्रेस बागलुङका पार्टी सभापति दिपेन्द्र बहादुर थापाको अध्यक्षता, कोषाध्यक्ष उमेश गौतमको स्वागत मन्तब्य र पार्टी सचिव नवराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
तस्वीर- किरण आचार्य, ईबागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply