पूर्णभद्र निउरे, ताराखोला २०७५ फागुन २७ । ताराखोला गाउँपालिकाको वडा न १ माझखर्कको आरुखोला देखि भुत्याहा जोड्ने मोटरबाटोको आईतबार देखि निर्माणकार्य शुरु गरिएको छ । ताराखोला गाउँपालिकाको २ लाख र स्थानियको सहयोग करिब ४ लाख गरि कुल ६ लाख बराबरको लागतमा सम्पन्न गर्ने गरि निर्माणकार्य शुरु गरिएको निर्माण समितिका अध्यक्ष यमकान्त गैरेले ईबागलुङलाई बताए ।
माझखर्कको चान्द्रे देखि निर्माणकार्य शुरु गरिएको उक्त मोटर बाटो भुत्याहा सम्म करिब ५ कि मि लम्बाइ रहेको र यस आर्थिक बर्ष मा २ कि मि सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष गैरेले बताए ।
मोटरबाटो निर्माण कार्यको बयोबृद्ध समाजसेवी धनपती गैरेले उद्घाटन गरेका थिए । समाजसेवी गैरेले मोटर बाटो निर्माणका लागि ले ३ लाख आर्थिक सहयोग गरेको निर्माण समितिका सचिब खिमानन्द कडेलले बताए ।
धनपती गैरे सहित सोही स्थानका यमकान्त गैरे ले ५१ हजार १ सय ५१ , प्रेम प्रसाद गैरे ले १५ हजार , नन्दलाल गैरेले ५ हजार ५ सय सहयोग प्रदान गरेका र सहयोग आउने क्रम जारी रहेको निर्माण समितीका सचिब कडेलले जानकारी दिए ।
निर्माणकार्यको शुभारम्भ कार्यक्रममा बोल्दै वडा न १ का अध्यक्ष याम बहादुर श्रीसले आरुखोला देखि भुत्याहा सम्मको मोटर बाटो ट्र्याक नै वडा न १ को माझखर्कलाई गाउँपलिकाको केन्द्र संग जोड्न सहज मार्ग भएको भन्दै यस मोटर बाटोको सम्पन्नताको लागि आफुले सक्दो पहल गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । कार्यक्रममा अमरभुमी गा बि का पुर्ब अध्यक्ष नन्दलाल गैरेले मन्तव्य राखेका थिए ।
समुद्घाटन कार्यक्रम मोटरबाटो निर्माण समितीका अध्यक्ष यमकान्त गैरेको अध्यक्षता , सचिब खिमानन्द कडेलको संचालनमा सम्पन्न भएको थियो ।