Sorry, that menu does not exist.
 

बुर्तिबाङमा आज देखि ८ दिने मेलमिलाप सम्बन्धी आधारभुत तालिम सुरु !

सुमन सुनार, बुर्तिवाङ २०७५ फागुन २७ । ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा आज देखि ८ दिने मेलमिलाप सम्बन्धी आधारभुत तालिम सुरु भएको छ । ढोरपाटन नगरपालिका अन्तर्गत रहेको न्यायिक समिति, जनप्रतिनिधिहरु तथा अन्य सामुदायिक मेलमिलापकर्ताको क्षमता अभिबृद्धि गरी वडा स्तरमा हुने विभिन्न विवादलाई मेलमिलापका माध्ययमबाट वडामै मिलाउने उद्धेश्यले ढोरपाटन नगरपालिकाले उक्त तालिमको आयोजना गरेको हो ।

जनअधिकार संरक्षण मञ्च पिपिआर नेपालसंगको समन्वयमा आयोजना गरिएको तालिमको आज ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले उद्घाटन गर्दैै तालिमले मेलमिलाप सम्बन्धी कार्यलाई सरल र सहज तवरले सञ्चालन गर्न सहयोग पु¥याउनुका साथै स्थानीयस्तरमा शान्ति, सौहार्दता र मेलमिलाप कायम गर्न सहयोग पुग्ने अपेक्षा व्यक्त गरे । न्यायिक समिति तथा सामाजिक मेलमिलापकर्ताहरुलाई काम, कर्तव्य, अधिकारका विषयमा जानकार बनाउनुका साथै गाउँ, समाजमा हुने सानातिना झैझगडा, विवाद सोही समुदालयमा रहेका जनप्रतिनिधिहरुको सहजीकरणका माध्यमबाट दीगो समाधान गर्न सघाउ पु¥याउने उद्धेश्य सहित ढोरपाटन नगरपालिकाले यस्तो खालको तालिमको आयोजना गरेको उनको भनाई थियो ।

यस्तै कार्यक्रमको औचित्यमाथि प्रष्ट पार्दै जनअधिकार संरक्षण मञ्च गण्डकी प्रदेश संयोजक तथा तालिमका प्रमुख प्रशिक्षक ममता देवी शर्माले मेलमिलापका माध्यमबाट मात्रै विवाद समाधान र शान्ति स्थापना गर्न सकिने भन्दै उहाँले ढोरपाटन नगरपालिकाले मेलमिलाप सम्बन्धी तालिमको आयोजना गरी प्रशंसनीय कार्य गरेको भन्दै धन्यवाद ज्ञापन गरिन् । स्थानिय स्तरका न्यायिक समितिलाई तालिम दिएर प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गरी जनतालाई कम खर्चमा छिटो र छरितो एवं कम झनजटिलो प्रक्रियामा न्याय निरुपण होस्, आफ्ना समस्या आफैले समाधान गरुन र विकल्पहरु पनि आफैले ल्याउन भन्ने उद्देश्यले ल्याइएको न्यायिक समितिको अवधारणालाई तालिमले थप सहयोग पु¥याउने संयोजक शर्माको भनाई थियो ।

शर्माले शान्ती कायम गर्दै विकासका अवधारणाहरुलाई सहयोग गर्ने, समृद्ध नेपाल र सुखी नेपाली भन्ने अभियानलाई सार्थक रुप दिनका लागि पनि मेलमिलाप सम्बन्धी तालिमले महत्वपूर्ण भुमिका खेल्ने बताईन् । ८ दिन सम्म सञ्चालन हुने तालिममा सिकेका ज्ञान र सिपलाई महत्वपूर्ण उपलब्धीका रुपमा ग्रहण गर्न सहभागी सवैमा शर्माको आग्रह थियो ।

यस्तै ढोरपाटन नगरपालिकाकी उप–प्रमुख तथा न्यायिक समिति संयोजक करमती पुन मगरको अध्यक्षता रहेको उद्घाटन कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष लक्ष्मण पुन, वडा नं. ८ का वडा अध्यक्ष नन्दे सुनार, कार्यपालिका सदस्य वेलमती छन्त्याल, शान्ती विक, बागलुङ उद्योग बाणिज्य संघ इकाई समिति बुर्तिबाङका अध्यक्ष चिन्तामणी शर्मा, ढोरपाटन नगरपालिकाका लेखा अधिकृत अमृत प्रसाद पौडेल, सामुदायिक प्रहरी सेवा केन्द्र बुर्तिबाङकी अध्यक्ष दुर्गादेवी घर्ति मगर, लगायतको सहमागिता रहेको थियो ।

आगामी चैत्र ४ गते सम्म जारी रहने उक्त तालिममा मेलमिलापको महत्व, मेलमिलापले सामाजिक व्दन्द व्यवस्थापनमा पुर्याउने सहयोग, द्वन्द्व र विवादको विकास र अवधारणा, विवाद समाधानका संयन्त्रहरु, मेलमिलापको अन्तराष्ट्रिय अभ्यास, मेलमिलाप सम्बन्धी कानूनी व्यवस्था, मेलमिलाप ऐन तथा नियमावली, सामुदायिक मेलमिलाप कार्यान्वयन निर्देशिका, मेलमिलापका चरणहरु, प्रशंसनीय दष्टिकोण प्रयोग गर्ने शीप, सामाजिक न्याय, लैंगिकता, मानवअधिकार र न्यायोचित समाधान, मेलमिलापपश्चातको प्रक्रिया, समन्वय र अनुगमनलगायतका विषयमा प्रशिक्षण दिइने तालिमका सहजकर्ता मुक्ति प्रसाद ढुंगानाले जानकारी दिए । ढुंगानाका अनुसार सहभागीलाई सिप र कुशलताको प्रयोग गरी गरिने मेलमिलापको नमूना भूमिका अभिनय सहित अभ्यास समेत गराइने छ ।

तालिममा ढोरपाटन नगरपालिकाका ९ ओटै वडाका वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी, सामुदायिक प्रहरी सेवा केन्द्र बुर्तिबाङका सदस्य लगायत सामाजिक क्रियाकलापमा क्रियाशिल व्यक्तिहरुको सहभागिता रहेको छ ।
वडा नं. १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारीको स्वागत मन्तव्य रहेको उद्घाटन कार्यक्रमको सञ्चालन ढोरपाटन नगरपालिकाका नायब सुब्बा चण्डिराज पौडेलले गर्नुभएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply