Sorry, that menu does not exist.
 

सडक डिभिजन कार्यालयका प्रमुख र सूचना अधिकारीलाई सम्पर्क गर्न कठीन !
मोटरेबल पुलहरुको निर्माण तीब्र : हरिचौर जमराघाटको पुल एक महिनामा सन्चालनमा आउने !

गुमानसिँह भण्डारी, बागलुङ २०७५ फागुन २८ । बागलुङ जिल्लाको गल्कोट नगरपालिका वडा नं ३ हटिया गौदी खोलाको शिवालय घाट, वडा नं ६ हरिचार देखी ताराखोला जोडने दरमखोलाको जमराघाट र वडा नं ८ र ९ जोड्ने गल्याङ पचुवा जोडने दरमखोलामा निर्माणाधीन मोटरेबल पुलहरुको निर्माण कार्य द्रुत गतिमा भैरहेको छ । हरिचौर ताराखोला जोड्ने जमराघाट मोटरेबल पुल नर्माणको अन्तिम चरणमा रहेपनि शिवालय घाट र मल्म काँडेवास जोड्ने दरम खोलाको मोटरेबल पुलको निर्माण कार्य चालु अवस्थामा रहेको छ ।

जमराघाटको पुलको निर्माण चैत महिनाभित्रै सम्पन्न हुने जयबाबा ओखलढुङगा जेबि निर्माण कम्पनीका सञ्चालक बिमलेस आचार्यले बताए । उनले भने, पुलको करिब ९५ प्रतिशत कार्य सम्पन्न भएको छ एक महिना भित्र काम सम्पन्न हुन्छ र गाडी गुड्छ । पुल ढलान कार्य सम्पन्न भएकाले फिनिसिङको कार्य पूरा गर्न अब केहि दिन लाग्ने उनको भनाई छ । २० मिटर लम्बाइको पुल निर्माणको यो नै अन्तिम कार्य हो, निर्माण व्यवसायी आचार्यले भने कार्य सम्पन्न भएको हिसाबले ५ प्रतिशत मात्र बाँकी रहेको छ ।

यतिबेला जमराघाटको पुल निर्माण द्रुतगतिमा भइरहेको युवा समाजसेवी योगेश भण्डारीले बताए । १ करोड ७२ लाख ५८ हजार ८ सय ९१ रुपयाको लागतमा २०७३ सालको मंसिर महिनामा ठेक्का सम्झौता गरि निर्माण कार्य सुरु भएको थियो । पुल निर्माण अन्तिम चरणमा पुगेपछि गल्कोट सँगै ताराखोलाबासी खुसी भएका छन् ।

यो पुल निर्माणले बिशेष गरि ताराखोलाबासीको बर्षौको प्रतीक्षा र सास्तीको अन्त्य हुने भएको छ । साथै, यस क्षेत्रको सडक यातायात सेवा पनि नियमित हुने भण्डारीले ईबागलुङलाई बताए ।

गल्कोट नगरपलिका मल्मको गल्यांङ काँडेबासको पचुवा जोड्ने दरमखोलाको पुलको निर्माण कार्य भैरहेको सहकर्मी मित्र खरेलले जानकारी दिएका छन् ।

तीनवर्ष देखी अलपत्र रहेका जुम्ली आचार्य निमार्ण सेवाले रु ३ करोड बढीको लागतमा निर्माण गर्ने जिम्मा लिएको हटिया गौदी खोलाको शिवालयघाट र रु ५ करोडबढीको लागतमा मोटरेबल पुलको वाईपी कन्स्ट्रक्सनले जिम्मा लिएको गल्याङ र पचुवा जोड्ने दरमखोलाको मोटरेबल पुलको निर्माण कार्यले पछिल्लो समय तिब्रता पाएको छ ।


गल्कोट गल्याङ पचुवा निर्माणाधीन मोटरेबल पुल । तस्वीर- मित्र खरेल, मल्म ।

यसैगरी ढोरपाटन नगरपालिका बुर्तिवाङ बजार बडीगाड खोलामा निर्माणाधीन दुई मोटरेबल पुलहरुको निर्माण कार्य तीब्ररुपमा भैरहेको निर्माणस्थल (साइट) मा देखिएको सहकर्मी दीपक पराजुली र राजु आचार्यले जानकारी दिए ।

बुर्तिवाङ बडीगाड खोला (माथिल्लो) निर्माणाधीनमोटरेबल पुल । तस्वीर- दिपक पराजुली, बुर्तिवाङ ।


बुर्तिवाङ बडीगाड खोला (तल्लो सेरा) निर्माणाधीन मोटरेबल पुल । तस्वीर- राजु आचार्य, बुर्तिवाङ ।

गल्कोट नगरपालिका भित्रका निर्माणाधीन मोटरेबल पुलहरु र बुर्तिवाङ बडीगाड खोलामा निर्माण भैरहेका दुई मोटरबल पुलहरुको पछिल्लो अवस्थाबारे जानकारी लिन डेढ हप्ता पहिले सडक डिभिजन कार्यालयमा सम्पर्क राख्दा ईन्जिनियर मुकुन्द लामिछानेले आफुलाई पुलहरुका बारेमा त्यत्ति जानकारी नभएको भन्दै कार्यालय प्रमुख सिडिई नारायण भण्डारी साहेबलाई सोध्न सुझाएका थिए । उनले कार्यालय प्रमुख हाल पर्वत जिल्लाको भ्रमण रहेका जानकारी दिए ।

त्यस्को डेढ हप्ता पछी आज फागुन २८ गते पुलहरुको बारेमा जानकारी लिन कार्यालयमा ०६८-५२०९५२ सम्पर्क राख्दा एक महिला कर्मचारीले प्रमुख काठममाडौँ जानु भएको जानकारी दिईन् । कार्यालय प्रमुख भण्डारीज्यूलाई मोबाईल फोन ९८५७६४९८२६ मा सम्पर्क गर्दा स्वीच अफ छ भने ईन्जिनियर मुकुन्द लामिछानेको मोबाईल फोन ९८४११४२६८१ मा फोन गर्दा सम्पर्क हुन सकेन भन्ने आवाज आउछ ।

सडक डिभिजनमा हाल सूचना अधिकारी को हो भन्ने पनि एकीन नभएको श्रोतले बतायो ।

सम्वन्धित लिंकहरु:
काम नगर्ने ठेकेदारलाई ठेक्का रद्द गरी कालोसूचीमा राख्न सडक डिभिजनका प्रमुखलाई प्रजिअको निर्देशन !

यहि गतिले निर्माण कार्य हुने हो भने यो मोटरेबल पुल अझै तीन वर्ष बन्दैन !

सडक डिभिजन र ठेकदारको मिलिभगतले गल्कोटका दुई मोटरेबल पुल तीन वर्ष देखी अलपत्र !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply