हेम विश्वकर्मा, बुर्तिबाङ २०७५ चैत २ । ढोरपाटन नगरपालिका बुर्तिबाङमा १८ मगरातमा बोलिने खाम भाषाको पढाई सुरु भएको छ ।
पश्चिम बागलुङका निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकालाई समेटिएर भाषा कक्षा सुरु गरिएको हो । भाषा कक्षा १ बर्ष सम्म सञ्चालन हुने बताईएको छ । नेपाल मगर संघ क्षेत्रीय समिति बुर्तिबाङका अध्यक्ष गंग बहादुर घर्तीको ब्यक्तिगत सहयोगमा भाषा कक्षा सञ्चालन गरिएको हो ।
मगरजातिको भाषाहरूमा पाल्पादेखि पूर्र्वी भेगका मगरहरूले मगर ढुट (भाषा) बोल्ने गर्छन् भने पाल्पा जिल्ला देखि पश्चिम भेगका रुकुम, रोल्पा लगायत आठार मगरात क्षेत्रका मगरले खाम पाङ बोल्ने गर्दछन्् । यस्तै डोल्पाको सहरतारा, टुपतारा र ताराकोट गाउँका मगरले मगर काईके बोल्ने गर्दछन् ।
१८ मगररातमा बोलिने खाम भाषाको संरक्षण तथा जातिय पहिचानको लागि कक्षा सुरु गरिएको अध्यक्ष घर्ती मगरले जानकारी दिए । कक्षा लिनेहरुको संख्या अहिले २५ जना भन्दा बढि रहेको उनले बर्ता । इच्छुक भाषा सिक्नेहरुले नेपाल मगर संघ क्षेत्रिय कार्यलय बुर्तिबाङमा संमर्क गर्न सकिने बताईएको छ । साथै भाषा सिक्नेहरुलाई कुनै शुल्क नलाग्ने पनि जनाइएको छ ।