Sorry, that menu does not exist.
 

अर्गलमा रहेका १००० दिनका आमा तथा गर्भवती महिलाहरुलाई अण्डा वितरण !

पूर्ण भद्र निउरे, ताराखोला २०७५ चैत्र ५ । सुआहारा २ को प्राबिधिक सहयोग र स्वास्थ आमा समूह अर्गल ७,८ र ९ को आर्थिक सहयोगमा आज ताराखोला गाउँपालिका वडा नम्बर २ अर्गलमा रहेका १००० दिनका आमा तथा गर्भवती महिलाहरुलाई अण्डा वितरण गरिएको छ ।

गर्भवती तथा सुत्केरी महिला हरुको पोषण स्वस्थ्य मा सहयोग पुर्याउने उदेस्य ले ५ जना १००० दिन का आमा तथा गर्भवती महिला लाई १/१ क्रेट अण्डा बितरण गरिएको सु आहारा का फिल्ड सुपरभाइजर किशोर घर्ती मगर ले जानकारी दिए ।

अण्डा हस्तान्तरण कार्यक्रममा बोल्दै ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती मगरले चालू आर्थिक वर्षमा पोषणको लागि छुट्टै बजेट ब्यबस्था गर्न नसके पनि आगामी आर्थिक वर्षदेखि गर्भवती महिला तथा अन्य गरिब बालबाललिकाको लाभान्वित हुने गरि स्वास्थ तथा पोषण को नीति कार्यक्रम र बजेट बनाउने बताए ।

कार्यक्रममा ताराखोला गाउँ पालिका का स्वस्थ साखा का सह–संयोजक दिपक खड्काले गर्भवती महिलाहरुलाई किन अण्डाको आवश्यक पर्छ, यसबाट केके फाईदा पुग्छ भन्ने बारेमा जानकारी गराएका थिए ।

सो कार्यक्रममा ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शंकर बिष्ट, अर्गल स्वास्थ चौकीका प्रमुख बिराजु जि सी ,कृषि शाखा प्रमुख हेमराज पुन, महिला स्वास्थ स्वयं सेविकाहरु स्थानीय बासी हरुको सहभागीता रहेको थियो।

कार्यक्रम सुआहाराका फिल्ड सुपरभाइजर किशोर घर्ती मगरको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply