दिनेश शर्मा, बडीगाड (बागलुङ) २०७५ चैत ६ । बडीगाड गाउपालिका वडा नं ७ स्थित भिङगिठे माविबाट माध्यमिक शिक्षा परीक्षा (SEE) को तयारीमा जुटेका राजन हिँजो मंगलबार ५ बजेको समयमा विद्यालयबाट घरमा आउदा जुन अकल्पनीय दृश्य देखे उनको शिर चक्करायो, उनी जमिनमा ढले, छाती पिटीपिटी रुन चिल्लाउन थाले । उनको रुवावासी सुनेर छरछिमेकीहरु जम्मा भए । राजन किन रोयौँ ? भनेर सोध्न नभ्याउदै उनिहरुको आँखामा एक कहाली लाग्दो दृश्य देखा प-यो, त्यो दृश्य सबैका लागी हृदयविदारक थियो ।
त्यहाँको दृश्यले उपस्थित सबैको मन बिचलित बनायो । सबैका आँखा रसाय । सबैको नजर छाती पिटीपिटी रोईरहेका राजनमाथी केन्द्रित भयो । राजनप्रति सहानुभूति जाग्यो । कसैले राजनलाई सम्झाउन थाले, कसैले हे दैव, यति विघ्न कठोर किन बनिस भनेर दैवलाई सराप्न थाले । कसैले वडाध्यक्षलाई फोन गर्न थाले ।
त्यस घरमा राजन र उनकी आमा डिलमायाँ दुईजना मात्रै बस्छन् । घरका मुख्य व्यक्ति नरबहादुर खत्री बैदेशिक रोजगारीका लागी कतारमा छन् । उनी एक वर्ष पहिले विदामा घरमा आएर फेरी कतार फर्किएका हुन् ।
डिलमायाँ र नरबहादुर दुबैको पहिलो घरबार बिग्रिएपछी उनिहरुवीच तीन वर्ष पहिले काठमाडौँमा प्रेम बिबाह (लभ म्यारिज) भएको हो । त्यसबखत ४० वर्षमा टेकेकी डिलमायाँले अघिल्लो लोग्ने पट्टीको छोरा राजनलाई लिएर नरबहादुर संग भिङगिठे गैरागाउँ आएकी हुन् । पहिलो लोग्ने (नाठा)को सन्तान भएपनि नरबहादुरले राजनलाई आफ्नै सन्तान ठानेर राजनको पालन पोषण र शिक्षा दीक्षामा कुनै कसर बाँकी राखेका छैनन् । उनको आफ्नै सन्तान पनि त छैन, त्यसकारण पनि नरबहादुरले राजनलाई निकै मायाँ गर्छन् ।
डिलमायाँले हिँजो बिहान मीठोसंग खाना खुवाएर राजनलाई विद्यालय पठाएकी थिईन् । छोराले राम्रोसंग पढोस्,जाँचमा पास होस भन्ने चाहना राख्ने डिलमायाँले नमालुम किन यस्तो गलत बाटो अख्तियार गर्न पुगिन् उनी जानून या दैव जानोस । उनका छरछिमेकीहरुको भनाईमा विश्वास गर्नेहो भने एक महिना देखी डिलमायाँ शरीरका विभिन्न भागमा जनै खटिरा आएर निकै कष्ट भएको बताउने गर्थिन् । जनै खटिराको पीडा सहन नसकेर हो या अरु अन्य कारण थियो जस्ले यस डिलमायाँलाई निर्जीव बन्न उत्प्रेरित बनायो । त्यो रहस्यकै गर्भमा छ ।
हिँजो साँझ ५ बजे डिलमायाँले घरको माथिल्लो तला (आँटी)को धुरीबलोमा प्यारासुटको डोरीले घाँटीमा पासो लगाएर झुण्डिएर आफ्नो ईहलिला समाप्त गरेको दृश्य एकातिर, अर्कोतिर छोरा राजनको त्यो दशा देख्दा छरछिमेकीहरु निकै बिचलित बने ।
उनको शव पोष्टमार्टमका लागी हिँजै बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । हिँजो ५ बजेको समयमा घरमा कोहि नभएको मौकामा डिलमायाँले घरको माथिल्लो तलामा प्पारासुटको डोरी लगाई झुण्डिएर मृत अवस्था फेला परेकोे ईलाका प्रहरी कार्यालय भिङगिठका ईन्चार्ज प्रनानि भोज बहादुर बानियाले ईबागलुङलाई जानकारी दिए ।
डिलमायाँ अब यस संसारमा छैनिन् । उनको कोखबाट यस पृथ्वीमा झरेका राजन असह्य पीडामा छन् । सबैको चिन्ताको विषय अहिले राजनको भविष्य बनेको छ । पत्नी वियोगमा परेका नरबहादुर कतारबाट फर्किएर राजनलाई पूर्ववत मायाँ गर्लान ? आशा गरौँ दैवको मन बिग्रिएपनि नरबहादुरको मन नबिग्रोस ।