बागलुङ २०७५ चैत ६ । बागलुङ सदरमुकाममा कानूनी सल्लाह केन्द्र सन्चालन गर्दै आएका अधिवक्ता निरन्जनलाल राजभण्डारीले नेपाल वार एसोसियसन केन्द्रिय समितिमा गण्डकी प्रदेशको उपाध्यक्ष पदमा उमेदवारी दिएका छन् ।
२०४२ साल देखी कानूनी व्यवसायमा प्रवेश गरेका अधिवक्ता राजभण्डारी २०४९ सालमा अधिवक्ताको ईजाजत प्राप्त गरेपछी धौलागिरी कानूनी सल्लाह केन्द्र मार्फत कानूनी सेवा उपलव्ध गराउदै आएका छन् ।
२०४७ सालमा जिल्ला बार एशोसियशनको अध्यक्षको कार्यभार सम्हालेका अधिवक्ता राजभण्डारी २०६३ ६५ सम्म पुनरावेदन बार ईकाईको अध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए ।
पत्रकारिता क्षेत्रमा समेत दखल राख्ने अधिवक्ता राजभण्डारी विभिन्न सामाजिक संघसंस्थाहरुमा विभिन्न उच्च ओहोदामा रहेर उल्लेख्य कार्य गर्दै आएका छन् ।
अधिवक्ता राजभण्डारीले ईबागलुङ संगको संक्षिप्त कुराकानीमा आसन्न नेपाल वार एसोसियसन केन्द्रिय समितिको गण्डकी प्रदेशको उपाध्यक्ष पदमा आफ्नो उमेदवारी सान्दर्भिक भएको बताउदै आफुलाई अत्याधिक मत दिएर साथीहरुले विजयी गराउने विश्वास व्यक्त गरे ।
अधिवक्ता राजभण्डारी अधिवक्ता सुनिल कुमार पोखरेल नेतृत्वको बृहत लोकतान्त्रिक समावेशी तथा पेशागत कानून व्यवसायी समुहबाट उमेदवारी दिएर चुनावी मैदानमा उत्रिएका हुन् ।