छविलाल पाण्डे, बुर्तिवाङ २०७५ चैत ६ । रंगिन युवा क्लब निसीखोला झिवाखोलाले आयोजना गरेको होली विशेष कार्यक्रमको बुधबार निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले उद्घाटन गरेका छन् ।
विकास गतिशीलता सामाजिक रुपान्तरण रंगिन युवा क्लबको प्रतिबद्धता भन्ने मुल उद्देश्य सहित संस्थाले प्रत्यक बर्ष जस्तै यसबर्ष पनी होली पर्व हर्षउल्लासमय तवरले मनाईरहेको छ । आज आयोजित औपचारिक उद्घाटन सत्रको निसीखोल गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले कला र संस्कृर्तिको जर्गनामा जुटिरहेको रंगिन युवाक्लबको भुमिकाको प्रशंसा गरे । उनले आगामि दिनमा खेलकुद र संस्कृति सँगै सामाजिक क्षेत्रमा जोडिएर समाज रुपान्तरणमा सहयोग पुर्याउन अपिल समेत गर्दै क्लबहरु सानो कार्यमा मात्र नभइ फराकिलो तवरले युवा शक्तीलाई परिचालन गरेर आफनो क्षेत्रको विकास निर्माण देखि हरेक तवरबाट समाज रुपानतरणमा जुट्न सकेमा मात्रै गाउँपालिकाले समृद्धि हासिल गर्ने बताए । उनले यसकार्यमा गाउँपालिका संघसंस्थाहरुसंग सहकार्य र समन्वय गर्न तयार रहेको विश्वास दिलाए ।
हिजो देखि सुरु भएको कार्यक्रममा पश्चिम बागलुङका सयौँ दर्शकहरुको उल्लासमय सहभागिता संगै होली खेलेर कार्यक्रमलाई थप रौनकता दिलाएका थिए ।
कार्यक्रममा राष्ट्रिय कलाकारहरु रमेशबाबु थापामगर, गायिका भिमु गुरुङ, हास्यब्यङगे कलाकार बशन्त रेग्मी, लोकपप गायक कृष्ण क्षेत्री, लोक गायक राजेश विश्वकर्मा लगाएतको साँगीतिक प्रस्तुती रहेको थियो ।
कार्यक्रम क्लब अध्यक्ष विमल शाहीको अध्यक्षता, राष्ट्रिय रेफ्रि लोकेन्द्र बहादुर चन्द, क्लब सचिव राजनमान बुढाको सञ्चालनमा उद्घाटन सत्र सम्पन्न भएको थियो ।
त्यस्तै खुल्ला क्लबस्तरीय पुरुष महिला भलिबल, व्याडमिन्टन, लोकदोहोरी, माछा छोपाइ, लगाएतका कार्यक्रम जारी रहेका छन् ।