म्याग्दी, २०७३ चैत १० । सत्कर्म नेपाल र व्दन्व्द पीडित अधिकार समाज म्यादीमा व्दन्व्द पीडितको सवाल र संक्रमणकालिन न्याय संभावित रणनीति बारे छलफल कार्यक्रम सम्पन्न भयो ।
छलफल कार्यक्रममा संक्रमणकालिन न्याय र व्दन्व्द पीडितको भावी सवाल र मुद्दाहरु बारे छलफल गरि पत्ता लगाउन यस कार्यक्रमको आयोजना गरिएको सत्कर्म नेपालका निर्देशक सीताराम थापाले बताए । छलफलमा पीडितको न्याय प्रकृयाको चाहाना स्तरिकरण, परिपुरण रणनिति, न्याय पाउनु पर्ने, र स्मरणका कार्य आय आर्जन सहित, एकिकृत कार्यक्रमको आवाश्यकता भएको व्दन्व्द पीडित, सुरेन्द्र केसीले बताएका थिए ।
यसै गरि, राहत परिपुरण सिफारिसका लागि आयोग र मन्त्रालय सम्म पीडित परिचालन गरि न्याय सुनिश्चित गर्नु पर्ने बेनी आक्रमणमां परेर हाल सम्म राहात नपाएका कृष्णलाल श्रेष्ठले बताएका थिए । दुर्गममा रहेका पीडितको न्याय परिपुरणमां पहुच अभिबृद्धि गर्ने व्दन्व्द पीडितहरु बताउछन ।
पीडितहरुले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगले समयमा काम नगरे झनै व्दन्व्द हुने र अन्तराष्ट्यि कानुन क्षेत्राधिकारका लागि समेत आब्हान गर्ने पीडितहरु बताए ।
सत्कर्म नेपालका कार्यक्रम अधिकृत, श्रीकृष्ण पौडेलको संचालन, कार्यकारी निर्देशक सिताराम थापाको सहजिकरणमा सम्पन्न कार्यक्रम व्दन्व्द पीडित समाजका उपाध्यक्ष, नरससिंह केसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।