Sorry, that menu does not exist.
 

साँस्कृतिक कार्यक्रममा सीमित नरही समाज रुपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह

घनश्याम गौतम, गल्कोट २०७५ चैत ८ । गल्कोट नगरपालिका वडा नं ३ का अध्यक्ष वीरजंग भण्डारीले क्लबहरुले सामाजिक दायित्ब पुरा गर्नुपर्ने बताएका छन् । जनसिर्जनशील युवा क्लव गल्कोट ३ को छैठो वार्षिकोत्सवको उद्घाटन गर्दै भण्डारीले यस्तो बताएका हुन् ।

कार्यक्रममा वडाअध्यक्ष भण्डारीले बिभिन्न क्लबहरुले समाजमा आफ्नो जिम्मेबारी पुरा गर्नुभन्दा सास्कृतिक कार्यक्रम गर्नु मात्रै उपलब्धी मानेकोमा चिन्ता व्यक्त गर्दै क्लबले समाज रुपान्तरण गर्न तथा बिकासका कामहरुमा नेतृत्बदायी भुमिका निर्बाह गर्नुपर्नेमा जोड दिए । अध्यक्ष भण्डारीले समाजमा बिकास संगैं खेलकुद एबं सास्कृतिक कार्यक्रम गर्न सबै क्लबहरुलाई आग्रह गरे ।

कार्यक्रममा भलिबलको उद्घाटन खेल सँगै पहिलो चरणको खेल सञ्चालन भएको थियो । १७ टिम सहभागीता रहेको पहिलो चरणको खेलमा चैत्र दशँैमेला कोट मैदान र युनायटेड युथ फेमेली तल्लो लमाई बिच भएको खेलमा युनाइटेड युथ फेमेली तल्लो लमाई र संगम युवा क्लव ठुलाथर र गोसवी मञ्च स्याला बिच भएको खेलमा संगम युवा क्लव ठुलाथर र निलुवा युवा मञ्च र टाइगर तन्दुर रेष्टुरेन्ट हटिया बिच खेलमा टाइगर तन्दुरी रेष्टुरेष्ट दोुस्रो चरणमा प्रवेश गरेका छन् ।

कार्यक्रममा शुक्रबार भलिबल खेल सामुहिक लोकनृत्य प्रतियोगिता, रत्योैली प्रतियोगिता र चन्दाता सम्मान लगायतका कार्यक्रमहरु सञ्चालन गरिने आयोजकले जनाएको छ । कार्यक्रम क्लबका अध्यक्ष ईश्वर बोहोराको अध्यक्षता उपाध्यक्ष जिवन विसीको स्वागत र सदस्य सुन्तली बोहोरा सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply