Sorry, that menu does not exist.
 

आँटिघरे विजय पौडेलले लिमिठानामा स्याउ फलाए : हेर्नेहरुको भीड. गाउँलेहरु चकित !

निर्मल पौडेल, पर्वत (फलेवास) २०७५ चैत ८ । फलेवास नगरपालिका ७ लिमिठानामा मुस्ताङमा फल्ने स्याउ फलेपछी गाउँलेहरु अचम्मित भएका छन् । कहिलेकाही वजारवाट लगेको स्याउ चाख्न पाउने गाउँलेहरु गाउँमै स्याउ फलेको देखेर अचम्मित भएका हुन् । साविकको लिमिठाना गाविस वडा नम्वर ४ आँटिघरका विजयराज पौडेलले आँफै विरुवा उमारेर स्याउ फलाउन सफल भएका हुन् । लामो समय देखी शिक्षण पेशामा आवद्ध पौडेलले पटक पटकको लामो प्रयास पछि स्याउ फलाएर गाउँलेहरुलाई नै चकित पारिदिए । करिव ६ वर्ष अगाडी खानको लागि वजारवाट लगेको स्याउको विया रोपेर विरुवा उम्रिएपछी अहिले वोटमा दाना फल्न लागेको हो । स्याउ प्राय समुन्द्री सतहदेखी करिव ३ हजार ३५ सय मिटर माथि हिमाली उच्च भुभागहरुमा फल्ने फल भएपनि १ हजार मिटरमा स्याउ फलाउन पौड्याल सफल भएका हुन् ।

पौड्याल भन्छन् “मैले स्याउको विरुवा सार्न मात्र धेरै पटक कोशिस हुँ कहिले मुस्ताङको विरुवा ल्याएर रोपे कहिले ढोरपाटनको विरुवा ल्याएर रोपेँ तर सरेन । त्यसै पटक पटक प्रयास गरेँ भएन, पछिल्लो ६ वर्ष अगाडी वजारवाट ल्याएको स्याउ खाएर उम्रन्छ उम्रिदैन विचार गर्नको लागि विया रोपेको करिव महिना दिनपछाडी टुसायो । उवेलामा लागेको थियो स्याउ होकी हैन भन्ने पछाडी पात पलाउन लागेपछी चिनिहाँले । स्याउको वोट हुर्केसँगै मनमा फल फलाउने उत्साह हुर्काएको थिए पौड्यालले भने, अहिले निरन्तरको प्रयासपछी सफल भएकोमा हर्षित छु । ” विशेष गरी स्याउको पकेट क्षेत्र मुस्ताङ, हुम्ला जुम्ला,मनाङ र वागलुङको ढोरपाटन मानिन्छ । स्याउ गाउमै फलेको देख्न पाउँदा आँफु अचम्ममा परेको स्याउ हेर्न पुगेका स्थानिय ७० वर्षिय भुवानी पौडेलले वताए । पौडेलले भने, ए मुस्ताङको जस्तै फलेछ लौ ।

वरपरका छिमेकी मात्र हैन साविकको अन्य वडाहरुवाट पनि स्याउ फलेको हेर्न आउनेको सङ्ख्या वढ्दो रहेको छिमेकीहरुको भनाई छ । माटो हावापानी परिक्षण गरेर स्याउको लागि नगरपालिकाले केहि चासो देखाए लिमिठानामा स्याउको सम्भावना रहेको आँफूले देखेको देविस्थान राहले कृषि प्राविधिक केन्द्रका अवकाश प्राप्त प्राविधिक सहायक आनन्द पौडेलको भनाई छ । पर्वतमै पहिलो पटक फलेको रुख स्याउको स्वाद कस्तो होला? र स्याउ फलाउन सफल कृषक लगायत स्याउको सम्भावना देखिएपछी नगरपालिका कार्यलयले केही गर्लाकी नगर्ला, कृषिको प्रत्सोहान गर्ने निकायले चासो देलाकी नदेला त्यो भने हेर्न भने हेर्न वाँकी छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply