Sorry, that menu does not exist.
 

ताराखोलामा न्यायाधीशहरुको समुपस्थितिमा न्यायिक सम्बाद कार्यक्रम सम्पन्न !

पूर्णभद्र निउरे ताराखोला २०७५चैत ८ । ताराखोलामा उच्च सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकिल कार्यालय बागलुङको आयोजनामा समुदायमा सरकारी वकिल बिषयक अन्तरक्रिया कार्यक्रम तथा न्यायीक सम्बाद कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

सरकारी वकिल कार्यालयबाट के कस्ता सेवा कसरी प्रवाह हुन्छ ? भन्ने बारेमा समुदायमा जानकारी गराउने र स्थानीय तहमा न्यायिक समिति मार्फत न्याय सम्पादनमा आइपरेका समस्याका बारेमा छलफल गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बागलुङ जिल्ला अदालतका जिल्ला न्यायधिबक्ता सुरेन्द्र काफ्लेले जानकारी दिएका थिए ।

कार्यक्रममा उच्च अदालत पोखरा, बागलुङ इजलासका मुख्य न्यायाधीश शेषराज शिवाकोटी , न्यायाधीश हरि प्रसाद पौडेल , बागलुङ जिल्ला अदालतका न्यायाधीश प्रकाश प्रसाद पण्डित, सह न्यायधिबक्ता भुबनेश्वर पौडेलले सहभागीबाट आएका जिज्ञासा सहित नेपालमा गत भदौ देखि लागु भएको नया कानुनी ब्यवस्थाका बारेमा जानकारी गराएका थिए ।

अन्तरक्रिया कार्यक्रममा वडा न ३ का वडा अध्यक्ष डिल बहादुर बस्नेत , ऋषिराम रोका , कमलापति पाठक , वडा सचिब जित बहादुर सुनार ,टेक बहादुर के सी , सिता सापकोटा , वडा सदस्य खर्क बहादुर नाइसा, वडा सदस्य मन बहादुर रोका , सलनी थापा , तुलसिराम घर्ती , दिपक खड्का, हरि बहादुर रावल लगायतले स्थानीय स्तर तथा समाजका ब्यबहारिक समस्या सम्बन्धि जिज्ञासा राखेका थिए ।

सो अबसरमा धन बहादुर खत्रीले सहभागीको तर्फबाट कार्यक्रमको अनुभब , स्थानीय तहमा न्यायिक समितिको संयोजकको रुपमा कार्य गर्दाका अनुभव ताराखोला गाउँपालिकाका उपाध्यक्ष डिल कुमारी पुन रोका र कार्यक्रमको उपलब्धिका बारेमा उच्च अदालत बार इकाईका अध्यक्ष केशवराज पराजुलीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्तीको अध्यक्षता ,बागलुङ जिल्ला अदालत का नि श्रेस्तेदार राम चन्द्र के सीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply