Sorry, that menu does not exist.
 

२८बुँदे प्रतिवद्धता पत्र जारी गर्दै बडीगाडको सामाजिक बिकृति बिसंगति बिरुद्धको अन्तरक्रिया सम्पन्न

दिनेश शर्मा, बडीगाड २०७५ चैत ८ । व्यापक तयारीका वीच आज बडीगाड गाउपालिकाको आयोजनामा ग्वालिचौरको खारबजारमा सामाजिक बिकासका लागि बडीगाडबासी एक हौ भन्ने मुलनाराका साथ सामाजिक बिकृति, बिसङ्गती तथा कुरिती बिरुद्ध एक अन्तरक्रिया कार्य क्रम २८ बुँदे प्रतिवद्धता पत्र जारी गर्दै सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथी एर्व सांसद देवेन्द्र पौडेलले दीप प्रज्वलन गरी अन्तरक्रियाको उद्घाटन गर्दै नैतिक शिक्षा र व्यवहार सङ्ग जोडिएको फरक प्रकृतिको कार्यक्रम अगाडि बढाएकोमा खुशी व्यक्त गरे । उनले भौतिक पुर्बाधारको बिकास सङ्ग सङ्गै आत्मिक सुधार गरेर नैतिकवान बन्न पौडेलले अनुरोध उपस्थित सबैलाई अनुरोध गरे । सांसद पौडेलले कार्यक्रमको सफलताको लागि आफ्नो सहयोग रहने प्रतिवध्दता समेत जनाए ।

सो अभियानमा सरीक भएका प्रदेश सांसद चन्द्रबहादुर बुढा सागरले पनि कार्यक्रममा सफलताको कामना गर्दै शुभकामना दिए ।्

छिमेकी जिल्ला गुल्मी मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले बडीगाड गाउपालिकाले सन्चालन गरेको अभियान साँस्कृतिक पक्षको भएकोले यसमा परिवर्तन ल्याउन केहि समय लाग्ने बताउदै आफुले पनि मुसिकोट नगरपालिका यो अभियान सुरु गर्ने बताए ।

ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले राम्रो अभियान सुरु गरेकोमा बडीगाड गाउपालिकालाई धन्यवाद दिँदै ढोरपाटन नगरपालिकामा पनि यो कार्यक्रम सुरु ष्गर्ने प्रतिवद्धता जनाए ।

उता गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले कार्यान्वयन पक्षलाई बिचार गरी विषयको उठान गर्नु राम्रो हुने बताउदै अभियानको सफलताको कामना गरे ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भुसाल चुनावी घोषण पत्रमा सामाजिक विसंगती बिकृति अन्त्य गर्ने कुरा उल्लेख गरेको स्मरण गर्दै यस कार्यक्रमलाई आफुले गाउँगाउँ लैजाने बताए ।

सो कार्यक्रमलाई विभिन्न राजनीतिक दलका प्रतिनिधीहरुले सम्वोधन गरेका थिए । नेपाली काँग्रेसका तर्फबाट बोल्दै गण्डकी थापा अधिकारीले बडीगाड गाउपालिकामा विकास निर्माण कार्यमा प्रयोग भएका डोजरमा व्यापक भष्टाचार भएको गुनासो आफुले सुनेको प्रशंग उठान गरिन् ।

कार्यक्रममा नेकपाका तर्फबाट सुनिल शेरचन, राजमोबाट रुनमायाँ पाईजा, बडीगाड ३ का वडाध्यक्ष खडग पुन, महिला बालबालिका समन्वय समिति बडीगाडकी संयोजक विना थापा, भिङगिठे माविका प्रअ सागर खरेल, पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीस लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

बडीगाड गाउपालिकाका अध्यक्ष मेहरसिँह पाईजाको अध्यक्षता उपाध्यक्ष अमरबहादुर श्रीसको स्वागत मन्तव्य तथा प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदी/पत्रकार कमल पौडेलको सन्चालनमा सम्पन्न भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष अर्जुन खरेल केहि बेर देखिएपनि अन्य वडाध्यक्ष मौसमकाजी क्षत्री र कृष्ण गुरुङको उपस्थिति देखिएन ।

कार्यक्रममा शिक्षक कर्मचारीहरुको बाख्लो उपस्थिती रहेको थियो, तर स्थानीय बडीगाडवासी जनसमुदायको भने आशातीत सहभागिता नरहेको टिप्पणी सुनियो ।

घोषणापत्र:

कार्यपत्र:

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply