Sorry, that menu does not exist.
 

सिसाखानीमा पोषण सम्बन्धी २ दिने साथी सहजकर्ता तालिम सप्पन्न !

हेम विश्वकर्मा बडीगाड २०७५ चैत ९ । बडीगाड गाउँपालिका वडा नं. ३ सिसाखानीमा पोषण सम्बन्धी २ दिने साथी सहजकर्ता तालिम शुक्रबार सप्पन्न भएको छ । सुु–आहारा परियोजना दोस्रो कार्यक्रम अन्तगरत स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको समुदायमा सुनौलो हजार दिनका महिलाहरुलाई पोषण स्वास्थ्य र सरसफाइका लागि साथी सहजकर्ता तालिम आयोजना गरिएको थियो ।

विहिबार देखि सुरु भएको उक्त तालिममा गर्भवती र हजार दिन भित्रका महिलाले हरेक बार खाना चारको विधि अपनाई आमा र बच्चाको खानामा बिबिधिकरण गर्नु पर्ने , गर्भ बसेदेखी कम्तीमा पनि ४ पटक गर्भ जाँच गर्नुपर्ने , आइरन चक्की अनिवार्य खानु पर्ने , गर्भाअवस्थामा खतरापूर्ण परिस्थिती आईपर्ने भएकाले प्रसुती सेवाको लागि बर्थिङ सेन्टर जानू पर्ने लगाएतका बिषयमा प्रभावकारि प्रशिक्षण दिईएको थियो ।

साथै जोखिमपूर्ण अवस्थामा अनिबार्य साबुनपानीले हात धुनर्ने , लगाएतका धेरै स्वास्थ्य र पोषण सम्बन्धी बिषयहरुमा छलफल गरिएको थियो । तालिममा सिकेका सबै कुरा समुदाय स्तरमा गएर अरुलाई पनि प्रेरित गर्ने सहभागीले बताएका छन् ।

तालिममा सुआहारा कार्यक्रमका फिल्ड कार्यक्रम संयोजक बिश्वनाथ आचार्य, फिल्ड सुपरभाइजर देबि घर्र्ती, सिसाखानी स्वास्थ्य चौकीका अ.न.मि. राधा गिरिको सहजिकरण गरेका थिए । स्वास्थ्य सेवाको पहुँच देखि टाढा रहेका समुदायमा यो तालिम पश्चात् सुनौलो हजार दिनका महिलाहरुको ब्यबहारमा परिवर्तन हुने अपेक्षाले कार्यक्रमको आयोजना गरिएको बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply