आँफैले आँफैलाई चिन्न दिएन जिन्दगीले ।
दु:खको प्रहर भन्दा भिन्न दिएन जिन्दगीले ।।
जस्ले जे लेखी ल्यायो त्यो भोग्नु जरुर छ।
नपाउने चिज अहँ दिन्न दिएन जिन्दगीले।।
पशिना,जवानी सवै वेचेर पनि गरीव लाई।
एक थान खुशीनी किन्न दिएन जिन्दगीले।।
यो कस्तो परिवन्ध खै कस्तो समाज हो यो।
घायल भएर एक्लै हिन्न दिएन जिन्दगीले।।
एन.पि.घायल
कुस्मा पर्वत ।\