दिनेश शर्मा, बडीगाड २०७५ चैत ११ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत राष्ट्रिय क्षयरोग केन्द्रको आयोजनामा यहि चैत ९ गते देखि ११ गते सम्म तीन दिन बडीगाड गाउपालिका वडा न ७ टुनिबोटमा राष्ट्रिय क्षयरोग प्रीभ्यालेन्स सर्बेक्षण भैरहेको छ।
नेपालको ५५ जिल्लाको ९९ सय स्थानमा जारी रहेको यो कार्यक्रममा पुरै प्रबिधी प्रयोग गरि पेपर्लेस माध्यमबाट काम हुने गर्दछ । यस अघि नेपालमा एक्सरे देखि लिएर सबै काम पेपर मार्फत हुने भएता पनि यस कार्यक्रम मार्फत नेपालमा पहिलो पटक पेपरलेस प्रबिधी प्रयोग गरि उपचार थालिएको कार्यक्रमका फिल्ड म्यानेजर कमल तिम्सिनाले बताए।
यो कार्यक्रममा बडीगाड ७ भिमगिठेको साबिक भिमगिठे गा बि स वडा न ३ र ४ का केही भूभागका ६१८ जनाले भाग लिनेछन । यिनीहरुको एक्सरे रिपोर्ट हेरि सम्भाबित क्षयरोगीको खकारको नमुना सङ्कलन गरि विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता प्राप्त तिनओटा ल्याब आइ ओ एम, राष्ट्रिय क्षयरोग केन्द्रको ल्याब वा जेनेटक मध्य एउटा ल्याबमा पठाइ परीक्षण गराउनुपर्ने भएको हुदा दैनिक तापक्रम व्यवस्थापन गरि कुरियर मार्फत पठाइएको र नमुनाको रिपोर्ट करिब एकहप्ता भित्र आएपछी दुई हप्ता भित्रमा रोगी पहिचान भैसके पश्चात् नजिकको सरकारी स्वास्थ्य सस्था भिमगिठे स्वास्थ्य चौकी मार्फत उपचार थालिने भिमगिठे स्वास्थ्य चौकी का इन्चार्ज बिपेन्द्र प्रताप के सी (बिजय) ले बताए ।
आईतवार साझ सम्म ५२१ जनाको सहभागिता रहेको सिबिरमा सङ्कास्पद क्षयरोगी हुनसक्ने १२६ जनाको खकारको नमुना सङ्कलन गरि पठाइएको छ।
शत प्रतिशत बिवरण सङ्कलन गरिएका ब्यक्तिहरुलाइ सर्बेक्षणमा सहभागी गराउन सहभागी लाई एउटा सर्बेक्षणको लोगो अङ्कित टिसट र रु पचास बराबर को रिचार्ज कार्डको समेत ब्यवस्था गरिएको आयोजकले जनाएको छ।
भिमगिठेको टुनिबोट सम्भाबित फिल्डहरुबिच गोलाप्रथा मार्फत चुनिएको फिल्ड हो। यो कार्यक्रम सफल पार्नको लागि पुसको अन्तिम हप्ता गाउपालिका र वडापालिकामा छलफल गरिएको र बिवरण सङ्कलनको लागि स्थानिय भोलेन्टियरहरु सङ्कलन गरिएको थियो। उक्त कार्यक्रममा १५ बर्ष माथिका ब्यक्तिहरु सहभागी भैरहेका छन। यसरी घरदैलो मै आएर क्षयरोग जस्तो खतरनाक रोगको सरल प्रबिधीबाट पहिचान र निदानको लागि शिबिर हुनु निकै सुखद भएको भन्दै आफुहरु भाग्यमानी भएको हुदा यस्तो बिकट ठाउमा चिठ्ठा परेको भन्दै सहभागीहरुले खुसी ब्यक्त गरिरहेका छ्न।