Sorry, that menu does not exist.
 

नेपाली काँग्रेस कुनै राजनीतिक एजेण्डा नभएको पार्टी हो !
बिप्लव नेतृत्वको ने.क.पा ले जनतालाई जथाभावी दु:ख दिने काम गरे राज्यले कार्बाही गर्छ : मुख्यमन्त्री गुरुङ

कोपिला कंडेल, बागलुङ २०७५ चैत १३ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्विसुब्वा गुरुङ्गले बिप्लव नेतृत्वको ने.क.पा ले जथाभावी जनतालाई दुख दिने काम गरे राज्यले कारबाही गर्ने बतनएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी बागलुङले आयोजना गरेको कार्यकर्ता भेटघाटका क्रममा बोल्दै उनले वार्ता र छपलफल मार्फत राजनीतिक समस्याको समाधानका लागि राज्यले सबै ढोका खुल्ला गरेको दाबी गरे । समाजमा हिसां र अराजकता मच्चाउने जो कोहीलाई सरकारले छोड्दैन मुख्यमन्त्री गुरुङले भने समाजमा कसैले गलत गतिबिधी गर्यो भने कानुनी दायरमा ल्याउने काम राज्यको हुन्छ । सरकारले शान्तिूुर्ण ढंङ्गले मुलुकमा ठुलो परिवर्तन गरेको बताए ।

पछिल्लो समय नेकपाले गरेको गतिबिधीमा केही राजनीतिक शक्तिले अनेक टिकाटिप्पणी गर्ने गरेको चर्चा गर्दै मुख्य मन्त्री गुरुङले कांग्रेस कुनै ऐजेण्डा नभएको पार्टी भएको आरोप लगाए । कांग्रेसको कुनै राजनीतिक ऐजेण्डा छैन, उनले भने मुलुकमा कुनै घटना घट्यो र समाधान भएन भने उहि घटनालाई कांङ्गेसले आफ्नो ऐजेण्डा बनाउछ । गुरुङले लोकतन्त्रका आधारभुत मुल्य मान्यतालाई आफुहरुले आत्मसाथ गरेको दाबी गर्दै मुख्यमन्त्री गुरुङले तत्कालीन एमाले र माओबादी बिचको पार्टी एकता दिगो र दिर्घकालीन भएको बताए । उनले अव आफुहरुको पहिलो कार्यभार गाउं नगर जिल्ला हुदै प्रदेश कमिटी बनाउने रहेको बताए ।

सो अवसरमा नेकपा प्रदेश सह ईन्चार्ज एबं पुर्ब स्वास्थ्यमन्त्री खगराज अधिकारी र प्रदेश अध्यक्ष हितराज पाण्डेले कानुन बमोजिम अगाडी बढ्दा बिकास निर्माणका काम तिब्र हुन नसकेको बताए ।

संबिधान जारी भएको एक बर्ष भित्रै मौलिक हक सम्बन्धी कानुन बनाएर अगाडी बढेका छौ, अधिकारी र पाण्डेले भने सरकार जनता प्रति उत्तरदायी छ ।

कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी बागलुङ जिल्ला संयन्त्रका संयोजक फमलाल निउरेको अध्यक्षता सदस्य बिष्णु भुसालको स्वागत मन्तब्य र सचिव लाल बहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।

यसैबिच गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङ्गले राज्यको अनुगमन कार्य सुस्त हुदा फास्टट्याकमा बिकास निर्माणका गतिबिधी अघि बढ्न नसकेको बताए ।

नेकपाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले थुप्रै ठेक्कापट्टाका काम अघि बढेपनि अनुगमन शुन्य हुदा बिकासका कामले गति लिन नसकेको बताए । उनले प्रदेश सरकारको कानुन बमोजिम आगामी दिनमा बिकास निर्माण लगायत गण्डकी प्रदेशको सम्मृद्धिका लागि अघि बढ्ने बताए । कार्यक्रमको संचालन नेकपा जिल्ला सचिव लाल बहादुर थापाले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply