Sorry, that menu does not exist.
 

विज्ञान विषयको परीक्षा दिँदै बिद्यार्थीहरु, परीक्षा समन्वय समितिव्दारा प्रभा मावि केन्द्र अवलोकन !

दिनेश शर्मा, बागलुङ २०७५ चैत १४ । आजको माध्यमिक शिक्षा परीक्षामा परीक्षार्थीहरुले विज्ञान विषयको परीक्षा दिई रहेका छन् । अंग्रेजी, नेपाली र गणित विषयको परीक्षा जिल्लाका सबै ३१ केन्द्रहरुमा शान्तिपूर्वक सम्पन्न भएको सहकर्मीहरुले जानकारी दिएका छन् । आज जारी विज्ञान विषयको परीक्षा पनि मर्यादितरुपमा शान्तिपूर्वक सम्पन्न हुने विश्वास गरिएको छ ।

माध्यमिक शिक्षा परीक्षा जिल्ला सवन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक कृष्णहरि शर्मा, शिक्षा विकास समन्वय ईकाई प्रमुख कुस्मराज उपाध्यायको टोली बागलुङ सुदूर पश्चिम निसीखोला गाउपालिकाको एकमात्र परीक्षा केन्द्र बाेहोरागाउ झिवाखोला स्थित प्रभा माध्यमिक बिद्यालयको निरीक्षणका लागि पुगेको छ ।

यस केन्द्रबाट रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालय निसीखोला २ जुग्जाखोला, जनजिवराज सुशिला माध्यमिक विद्यालय निसीखोला ४ झिम्पा र ज्ञानेन्द्र माध्यमिक विद्यालय निसीखोला ५ निसीका विद्यार्थीहरुले परीक्षा दिईरहेको केन्द्राध्यक्ष एवं सो बिद्यालयका प्रधानाध्यापक नवराज आचार्यले जानकारी दिए । यस केन्द्रबाट छात्र ८८ र छात्रा ९८ गरी १८६ जना परीक्षार्थीहरु परीक्षामा सम्मिलित भएका छन् । यस केन्द्रमा पहिलो दिनको परीक्षामा ५ जना परीक्षार्थी अनुपस्थित रहेका थिए ।

निरीक्षणका क्रममा प्रजिअ खरेलले सो केन्द्रबाट परीक्षा दिईरहेका कृयापुत्री जनजिवराज सुशिला माध्यमिक विद्यालयका छात्र कैलाश पौडेलसंग उनको शारीरिक अवस्थाका बारेमा जानकारी लिएका थिए ।

प्रभा मावि परीक्षा केन्द्रको निरीक्षण पश्चात प्रजिअ खरेलले परीक्षा मर्यादिनरुपमा भैरहेकोमा सन्तोष व्यक्त गरेका छन् ।

अपडेट : ११.४५ बजे बिहान

प्रभा मावि परीक्षा केन्द्रको निरीक्षण पश्चात परीक्षा समन्वय समितिका अध्यक्ष एवं प्रजिअ खरेलको टोलीले बुर्तिवाङ स्थित परीक्षा केन्द्रहरुको निरीक्षण अवलोकन गरेको थियो ।

आज निरीक्षण गरिएका परीक्षा केन्द्रहरुमा उत्तरगंगा, रिभरहेड ईन्टरनेशनल एकेडमी, जनता आमावि तथा भिङगिठे मावि रहेका छन् । सो निरीक्षणका क्रममा परीक्षा समन्वय समितिका अध्यक्ष सदस्यहरु सहित ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली सहभागी थिए । टोली सबै परीक्षा केन्द्रहरुमा परीक्षा शान्तिपूण सन्चालन भएको बताएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply