Sorry, that menu does not exist.
 

गणित विषयको परीक्षा बिग्रिएको भन्दै एक परीक्षार्थीव्दारा आत्महत्या !
प्रजिअ खरेलव्दारा तित्याङ मावि केन्द्र तथा निर्देशक डा. ढुंगानाव्दारा ४ परीक्षा केन्द्र अवलोकन !

बागलुङ २०७५ चैत १५ । बागलुङ जिल्लामा सन्चालित माध्यमिक शिक्षा परीक्षामा जिल्लाका ३१ केन्द्रहरुबाट आज सामाजिक विषयको परीक्षा लिईँदै छ । परीक्षा मर्यादित एवं शान्तिपूर्ण तवरले सन्चालन भए नभएको निरीक्षणार्थ परीक्षा समन्वय समितिका अध्यक्ष एवं सदस्यहरुबाट विभिन्न परीक्षा केन्द्रहरुको निरीक्षण कार्य भैरहेको छ ।

परीक्षा समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले तित्याङ मावि तित्याङ परीक्षा केन्द्रमा सन्चालन भैरहेको सामाजिक विषयको परीक्षा अवलोकन गरेको सो केन्द्रका केन्द्राध्यक्ष दिनेश अधिकारीले ईबागलुङलाई जानकारी दिए । परीक्षा निरीक्षण अबलोकनका क्रममा प्रजिअ खरेलले गणित विषयको परीक्षा बिग्रिएको भनी एक परीक्षार्थीले आत्महत्या गरेको विषयलाई परीक्षार्थीहरुलाई काउन्सिलिङ गर्नु भएको ईबागलुङलाई जानकारी दिए ।

आजको परीक्षामा तित्याङ मावि केन्द्रमा ९९ जना परीक्षार्थीहरुले परीक्षा दिईरहेको केन्द्राध्यक्ष अधिकारीले बताए । परीक्षा अवलोकन पछी प्रजिअ खरेलले सौहाद्रपूर्ण वातावरणमा मर्यादितरुपमा परीक्षा सन्चालन भएकोमा धन्यवाद दिनुभएको पनि केन्द्राध्यक्ष अधिकारीको भनााई छ ।

सो केन्द्रबाट सिगाना मावि तित्याङ, सिगाना मावि लामाचौर र चौतारेडाँडा मावि भकुण्डेका परीक्षार्थीहरुले परीक्षा दिई रहेका छन् ।
यसैवीच गत चैत गतेको गणित विषयको परीक्षा विग्रिएको भन्दै तित्याङ मावि केन्द्रबाट परीक्षा दिईरहेका सिगाना मावि तित्याङ ठुलाढुंगाका परीक्षार्थी सचिन खडकाले झुण्डिएर आत्महत्या गरेको घटना सार्वजनिक भएको छ ।

यसैवीच आज नै शिक्षा विकास निर्देशनालय पोखराका निर्देशक डा बाबुराम ढुंगानाले काठेखोला गाउँपालिका स्थित भिमसेन मावि परीक्षा केन्द्र र सदरमुकाम स्थित कालिका कन्या मन्दिर मावि केन्द्र, धौलागिरी वीरेन्द्र मावि केन्द्र र विद्यामन्दिर मावि केन्द्र निरीक्षण गरेको शिक्षा विकास समन्वय ईकाई बागलुङका प्रमुख कुस्मराज उपाध्यायले ईबागलुङलाई जानकारी दिए ।

परीक्षा केन्द्र निरीक्षणको क्रममा तीनै परीक्षा केन्द्रहरुमा शान्तिपूर्वक परीक्षा सन्चालन भएको पाईएको निर्देशक डा ढुंगानाले बताएको ईकाई प्रमुख उपाध्यायले ईबागलुङलाई जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply