प्रकाश पौडेल, पर्वत २०७३ चैत ११ । पर्वत जिल्लाका साविक माझफाँट, लेखफाँट, बाँसखर्क, बनौँ, सालिजा, धाईरिङ र नाङलीवाङ सहित ७ गाविसहरु समावेस गरी बनेको जलजला गाउपालिकाको माझफाँट गाविसको कार्यालयलाई केन्द्र तोकिएपछी उत्पन्न विवाद सेलाउने संकेत देखिएको छैन ।
माझफाँट गाविस कार्यालयमा गाउपालिकाको केन्द्र कायम गर्दा माझफाँट र बाँसखर्क बाहेकका पाँच गाविसहरुलाई अपाएकपर्ने भनी साबिक माझफाँट कै मोहन चोक ( मिलन चोक) केन्द्र बनाउनु पर्ने माग गर्दै लेखफाँट, बनौँ, सालिजा, धाईरिङ र नाङलीवाङ सहित ५ गाविसका जनता चैतको ३ गतेदेखी आन्दोलन गरिरहेका छन् ।
जलजला गाउपालिकाको केन्द्रलाई लिएर बिहीवार सदरमुकाम कुस्मा बजारमा बसेको सर्वदलीय बैठकमा गाउपालिकाको केन्द्र अर्को व्यवस्था नभएसम्म मोहन चोक मिलनचोकमा राख्ने भनी गरिएको निर्णयको मसी सुक्न नपाउदै यसको बिरोधमा असन्तुष्ट पक्षहरुको जुलुस सदरमुकामा आउने भएको श्रोतको दाबी छ ।
माझफाँट र बनौ गाविसमा हिँजो बिहीवार देखी नै सदरमुकाम कुस्मा बजार जानको लागी घोक ( उर्दी ) हालिएको छ । स्थानीयका अनुसार मााईकिङ गरेर प्रत्यक घरबाट कम्तीमा एक जना अनिर्वार्यरुपमा उपस्थित हुन भनिएको छ र अहिले मानिसहरु एकत्रित भएर जुलुस गर्ने तयारीमा रहेका छन् ।
अपडेट: दिउसो १ बजे ।
अहिले जुलुसले कुस्मा बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर आफना मागहरु समावेश गर्री ज्ञापन पत्र बुझाएका छन् । यसैगरी सदरमुकाममा रहेका राजनीतिक दलहरुको कार्यालयमा प्रदर्शनकारीहरुले ज्ञापन पत्र बुझाउने काम जारी रहेको छ ।
राप्रपाको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउदै ।