भरत सापकोटा, बागलुङ २०७५ चैत १५ । काठेखोला गाउँपालिका-८ लेखानी कुर्लिमारेको भीरमा सडकमाथीबाट सुख्खा पहिरो खस्दा नेपाली सेनाका तीन जवान घाईते भएका छन् ।
नेपाली सेनाको अर्जुनवाण गण विहुँ घोँडाबाँधेबाट २० जनाको टोली आज विहान साढे ९ बजेको समयमा कुर्लिमारेको भीरको सडक सफा गर्ने सिलसिलामा माथीबाट सुख्खा पहिरो खसेर तीन जवान घाईते भएको अर्जुनवाण गणका प्रमुख सेनानी भुवनराज देवकोटाले ईबागलुङलाई जानकारी दिए ।
प्रमुख सेनानी देवकोटाका अनुसार घाईते मध्य २ जनालाई नेपाली सेनाको हेलिकप्टर बागलुङमा आएको मौका परेकोले थप उपचारका लागि काठमाण्डौ पठाईएको एक जना भने सामान्य घाईते छन् ।
आजको यस घटनाले पहिरो सफा गर्ने कार्यका लागी स्थानीय तह वा निकायले सेनाको सहयोग माग्नु कति उपयुक्त हुन्छ भन्ने विषयमा गम्भीरतापूर्वक सोँच्नु पर्ने अवस्था सिर्जना गराएको छ । स्थानीय तह वा संघ संस्थाहरुले सामान्य काममा पनि नेपाली सेनाको सहयोग माग्ने प्रवृत्ति बढ्दै गएको यो एक उदाहरण भएको स्थानीयको बुझाई छ । खुसीको कुरा, यस दुर्घटनामा कुनै मानवीय क्षती हुन पाएन ।
कुर्लिमारेको भीरको फाईल तस्वीर