बागलुङ २०७५ चैत १६ । बागलुङ जिल्लाको सबैभन्दा थोरै परीक्षार्थीहरुले परीक्षा दिईरहेको काठेखोला गाउपालिकाको तंग्राम स्थित धारा माध्यमिक विद्यालय केन्द्रमा परीक्षा समन्वय समितिका अध्यक्ष एवं प्रजिअ बेदप्रसाद खरेल आज बिहान परीक्षा अवलोकन निरीक्षणका लागी पुगे । निरीक्षणका क्रममा सो केन्द्रमा मर्यादित एवं व्यवस्थितरुपमा परीक्षा सन्चालन भएकोमा केन्द्राध्यक्ष लगायत पुरै टिमलाई धन्यवाद दिएका छन् ।
जिल्लाका ३१ परीक्षा केन्द्रहरु मध्य दुई केन्द्रहरुमा महिला प्रधानाध्यापिकाहरुलाई केन्द्राध्यक्षा तोकिएको केन्द्र मध्य धारा मावि केन्द्र एक हो । यस विद्यालयकी प्रधानाध्यापिका कमला थापा यस केन्द्रमा केन्द्राध्यक्ष रहेकी छन् । जिल्लामा सबैभन्दा कम ५९ जना बिद्यार्थीहरुले परीक्षा दिईरहेको यस केन्द्रमा परीक्षा शान्तिपूर्वक सन्चालन भैरहेको केन्द्र प्रमुख प्रधानाध्यापिका कमला थापाले जानकारी दिईन् ।
नारायणी माबि तंग्राम र जनता मावि धम्जाका गरी जम्मा ५९ जनाले परीक्षार्थीले आजको स्वास्थ्य, जनसंख्या वातावरण विषयको परीक्षा दिईरहेका छन् । परीक्षार्थीहरुमा छात्राको संख्या छात्रको भन्दा १७ जना बढी रहेको छ ।
प्रजिअ खरेलले आजै भिमापोखरा स्थित जनकल्याण मावि परीक्षा केन्द्रको पनि निरीक्षण गरेका छन् । निरीक्षणका अवसरमा काठेखोला गाउपालिकाका अध्यक्ष अमरबहादुर थापाको पनि सहभागिता रहेको थियो । यस केन्द्रबाट ७६ जना बिद्यार्थीहरुले परीक्षा दिईरहेका छन् ।
यसैवीच शिक्षा विकास तथा समन्वय ईकाइ बागलुङका प्रमुख कुस्मराज उपाध्यायले जिल्लाका सबै केन्द्रहरुमा मर्यादित.तरुपमा परीक्षा सन्चालन भैरहेको जानकारी दिए ।